• फाल्गुन २३ २०८२, शनिबार

ह्वाइटहाउस गोली प्रकरणमा घाइते एक राष्ट्रिय गार्डको मृत्यु

मंसिर १२ २०८२, शुक्रबार

काठमाडौँ । अमेरिकाको वाशिंगटन डिसीस्थित ह्वाइटहाउस नजिक चलेको गोलीमा घाइते दुई राष्ट्रिय गार्ड सदस्यमध्ये एकको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घाइते २० वर्षीया सारा बेकस्ट्रोमको मृत्यु भएको जानकारी दिएका हुन् ।

उनले आक्रमणमा घाइते भएका अर्का राष्ट्रिय गार्ड सदस्य २४ वर्षीय एन्ड्रयु वुल्फ आफ्नो जीवनको लागि लडिरहेको बताएका छन् ।

बुधबार, ह्वाइट हाउसबाट केही सय मिटर टाढा तैनाथ दुवै राष्ट्रिय गार्ड सदस्यमाथि एम्बुस प्रहार गरिएको थियो । प्रहरीले घटनाको सम्बन्धमा अफगानिस्तानका २९ वर्षीय रहमानउल्लाह लकनवाललाई पक्राउ गरेको छ ।