काठमाडौँ । नेपाली क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) हेरेर फर्किने दर्शकका लागि निःशुल्क बस सेवा संचालन गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा क्रिकेट खेल हेरेर फर्किने आफ्नो सवारी साधन नभएका विशेष गरि महिला, वृद्ध, र अशक्तहरूको लागि निःशुल्क बस सेवा सुचारु हुने भएको क्यानले जानकारी दिएको छ ।
यसको लागि मुस्कान ट्राभल्सको सहकार्य रहेको गरेको क्यानले जनाएको छ । यो सेवा आजदेखि खेल अवधिसम्म बेलुकी ६ देखि ८ बजेसम्म उपलब्ध हुनेछ ।
नि: शुल्क बसका रुटहरु:
तल्लो टीयू गेट र ल्याब स्कूलको अगाडिबाट
रूट १: टीयू गेट – स्वयम्भू – बालाजु ।
रूट २: टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज ।
रूट ३: टीयू गेट – बल्खु – कालिमाटी – थापाथली बानेश्वर – तीनकुने – गौशाला – चाबहिल ।
रूट ४: टीयू गेट – बल्खु – सातदोबाटो- कोटेश्वर ।