• फाल्गुन २३ २०८२, शनिबार

भारतको दिल्लीस्थित लालकिल्ला नजिक शक्तिशाली बम विस्फोट

कार्तिक २४ २०८२, सोमबार

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीको लालकिल्ला क्षेत्रमा शक्तिशाली विस्फोट भएको छ ।

कारमा भएको विस्फोटको आवाज धेरै किलोमिटर टाढासम्म सुनिएको थियो । विस्फोट लाल किला नजिक मेट्रो स्टेसनको गेट नम्बर १ नजिक भएको थियो र आगो लागेको बताइएको छ ।

लाल जैन मन्दिर र नजिकैका पसलहरूको सिसा पनि फुटेको बताइएको छ । विस्फोटबाट आठ गाडीमा आगो लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

आजतकले विस्फोटमा परेर एक जनाको मृत्यु भएको छ भने ठुलो संख्यामा घाइते भएको बताएको छ । सरकारले घटनापछि पुरै दिल्लीमा उच्च अलर्ट जारी गरिएको छ ।