• फाल्गुन २३ २०८२, शनिबार

इङल्याण्डलाई हराउदै कुवेत हङकङ सिक्सेसको फाइनलमा

कार्तिक २३ २०८२, आईतवार

काठमाडौं । कुवेत हङकङ सिक्सेस क्रिकेटको फाइनलमा पुगेको छ । सेमिफाइनलमा कुवेतले इङल्याण्डलाई ३७ रनले पराजित गर्दै फाइनलमा पुगेको हो ।

कुवेतले दिएको १४३ रनको लक्ष्य पछाएको इङल्याण्डले ६ ओभरमा ३ विकेट गुमाउदै १०५ रन बनाए पछि कुवेतले खेल ३७ रनले पराजित गरेको छ । यस अघि कुवेतले पहिला ब्याटिंग गर्दै ६ ओभरमा ५ विकेट गुमाएर १४२ रन बनाएको थियो ।

अब फाइनलमा कुवेतले पाकिस्तानको सामना गर्ने भएको छ । फाइनल खेल आजै हुदैछ ।