• फाल्गुन २३ २०८२, शनिबार

मगर अध्ययन विषय अध्ययनरत विद्यार्थीलाई मगर संघ अमेरिकाद्वारा निःशुल्क पुस्तक वितरण

कार्तिक २२ २०८२, शनिबार

काठमाडौं । नेपाल मगर संघ केन्द्रीय समितिको संरक्षण र मगर आदिवासी प्राज्ञिक प्रतिष्ठानको संयोजकत्वमा नेपाल खुल्ला विश्वविद्यालमा मगर अध्ययन विषयमा स्नातक तह बि.ए.अध्ययनरत विद्यार्थीहरुलाई मगर संघ अमेरिकाको तर्फबाट मगर अध्ययन विषयमा अध्ययन सामग्री खरिद गरि निःशुल्क वितरण गरेको छ ।
कार्यक्रममा नेपाल मगर संघ केन्द्रका अध्यक्ष, सहअध्यक्ष, उपाध्यक्षहरु, महासचिव, सल्लाहकार, खुल्ला विश्वविद्यालयका सहप्राध्यापक डा.जीवन खड्का, मगर अध्ययन बि.ए.का कार्यक्रम संयोजक सञ्जय खतिवडा, मगर संघ अमेरिकाका निवर्तमान महासचिव लगायतको उपस्थितिमा पुस्तक वितरण कार्यक्रम सम्पन्न् भएकाे छ । पुस्तक वितरण कार्यक्रम नेपाल मगर संघ केन्द्रीय कार्यालय कलङ्कीमा सम्पन्न भएको हाे ।

पुस्तक वितरण गर्ने कार्यमा आर्थिक सहयोग गर्ने मगर संघ अमेरिकाप्रति नेपाल मगर संघले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

वितरण गरिएका पुस्तक र लेखकहरु यसप्रकार छन् :
१ः मगर खाम शब्दकोश (कर्णबहादुर बुढामगर)
२ः मगर संस्कार (बलबहादुर घर्तीमगर)
३ः तराली मगर संस्कृति (जगबहादुर बुढामगर)
४ः आदिवासी मगरहरुको विविध पक्षहरु (डा. विष्णुकुमार सिंजाली)
५. रोल्पा, रुकुम र बाग्लुङका मगरहरुको भाषा, सहित्य र संस्कृति (जीवन प्रवेश रोकामगर)
६. पुन मगरहरुले स्थानीय रुपमा पुजा गर्दै आएका डर–देवताहरु, पुन मगरका लोककथाहरु (डा.महावीर पुनमगर)
७ : पाल्पा, तनहुँ र स्याङ्जाका मगरहरुका संस्कृति (प्रा.डा. केशरजंग बरालमगर) : वर्ग–संघर्ष र जातीय मुक्ति (सुरेश आलेमगर)
९ : मगर अध्ययन (अंक ३)
१० : याँभू (मगर संघ आमेरिका) ।