• फाल्गुन २३ २०८२, शनिबार

आर्थिक संकटका कारण अमेरिकाका ४० प्रतिशत उडानहरु घटाइँदै

कार्तिक २० २०८२, बिहीबार

काठमाडौं । अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)ले देशका विमानस्थलहरूबाट हुने यातायातलाई १० देखि ४० प्रतिशतसम्म घटाउने विचार गरिरहेको बताएको छ ।

अमेरिकी अधिकारीहरूले ‘सटडाउन’ समाप्त नभए यो कदम शुक्रबारदेखि लागु हुने बताएका छन् । यसको कारण हजारौँ उडानहरू प्रभावित हुने बताइएको छ ।

यातायात मन्त्री र एफएएले कुन–कुन विमानस्थल र एयरलाइन्सहरूमा यसको असर पर्नेछ भन्नेबारे हालसम्म स्पष्ट पारेका छैनन् ।

अमेरिकामा हजारौँ संघीय कर्मचारीहरूलाई समयभन्दा अगावै हटाइएको वा उनीहरूले तलब बिना काम गरिरहेका छन् । अमेरिकी संसदमा बजेट पारित नभएका कारण त्यहाँ ‘सटडाउन’ चलिरहेको छ ।
परिवहन मन्त्री शन डफीको भने, “हाम्रो एक मात्र भूमिका भनेको हाम्रो हवाई क्षेत्र जतिसक्दो सुरक्षित रहन सक्छ, त्यो सुनिश्चित गर्नु हो ।” एफएएले यसका लागि एयरलाइन्सहरूलाई प्रशासनसँग मिलेर उडानहरूको संख्या घटाउन भनेको छ ।

योे कदमले यात्रुहरूमा पर्ने असरबारे स्पष्ट नभएको बताइएको छ । एफएएका अनुसार, अमेरिकी हवाई सीमामा औसत रूपमा हरेक दिन ४४ हजार विमानहरूले उडान भर्छन् ।

यीमध्ये हजारौँ उडानहरू प्रभावित हुने आशंका छ । हालको ‘सटडाउन’ अमेरिकाको इतिहासको सबैभन्दा लामो ‘सटडाउन’ हो । बिहीबार ३७ दिन पुगेको छ । अहिले पनि संसदमा संघीय बजेट पारित गर्नका लागि सहमति बनेको छैन ।