• फाल्गुन २३ २०८२, शनिबार

युएईविरुद्ध कप्तान रोहित पौडेलको शतक

कार्तिक १३ २०८२, बिहीबार

काठमाडौँ । कप्तान रोहित पौडेलले युएईविरुद्ध शतक प्रहार गरेका छन् ।

आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस जितेर नेपालले पहिला ब्याटिंग गर्ने क्रममा रोहितले शतक पुरा गरेका हुन् । रोहितले १२६ बल खेल्दै आफ्नो शतक पुरा गरेका छन् । उनको एकदिवसीय क्रिकेटमा यो दोस्रो शतक हो ।

यो समाचार तयार गरुन्जेल नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको छ ।