• फाल्गुन २४ २०८२, आईतवार

लुकाई राखिएको अवस्थामा ९ लाख ५१ हजार मूल्यको छोकडा र चकलेट बरामद

कार्तिक २ २०८२, आईतवार

महोत्तरी l महोत्तरी प्रहरीले सम्सीबाट भन्सार छली अवैध रूपमा भण्डारण गरिएको अवस्थामा छोकडा र चकलेट बरामद गरिएको छ।

सम्सी गाउँपालिका-७ स्थित खत्वे (मण्डल) टोलमा घरधनीको नाम नखुलेको एक माटोले बनेको फुसको घरभित्र लुकाई राखिएको अवस्थामा ९ लाख ५१ हजार मूल्य बराबरको अवैध सरसामानहरू बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार २१ बोरामा राखिएको १ हजार ५० केजी छोकडा बरामद गरेको हो। जसको बजार मूल्य २ लाख ३२ हजार रुपैयाँ रहेको छ।

त्यस्तै सोही स्थानमा ३६ कार्टुनमा राखिएको ७ लाख २० हजार मूल्य बराबरको चकलेट बरामद गरिएको हो।

बरामद गरिएको सो बेवारिसे सामानहरू अहिले जलेश्वर भन्सार कार्यालयमा पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्रकुमार भट्टले बताए।

उक्त घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।