आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आजको खेलमा नेपालले ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।
नेपाल र ओमान दुवैले दुई खेलअगावै टी-२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।