• फाल्गुन २३ २०८२, शनिबार

दक्षिण अफ्रीकाविरुद्ध पाकिस्तान ९३ रनले विजयी, टेस्ट सिरिजमा १–० ले अगाडी

आश्विन २९ २०८२, बुधबार

काठमाडौँ । पाकिस्तानले जारी टेस्ट सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकालाई ९३ रनले पराजित गरेको छ ।

टेस्टको चौथो दिन २७७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका १८३ रन बनाएर अल आउट भएको थियो । यसअघि पाकिस्तानले पहिलो इनिंगमा ३७८ र दोस्रो इनिंगमा १६७ रन बनाएको थियो । त्यस्तै दक्षिण अफ्रिकाले पहिलो इनिंगमा २६९ रन बनाएको थियो ।

दुवै इनिंगमा गरि १० विकेट लिएका पाकिस्तानका बलर नोमान अली खेलको प्लेयर अफ द म्याच बनेका छन् । यो जितपछि पाकिस्तानले दुई खेलको टेस्ट सिरिजमा १–० को अग्रता हासिल गरेको छ ।

अब सिरिजको दोस्रो खेल अक्टोबर २० देखि रावलपिन्डीमा शुरु हुने छ ।