• फाल्गुन २३ २०८२, शनिबार

इजरायली संसदमा सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध, किन भयाे अवराेध ?

आश्विन २७ २०८२, सोमबार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली संसदमा बोलिरहेका बेला अवरोध भएको छ ।

ट्रम्पले इजरायलको संसद नेसेटलाई सम्बोधन गरिरहेका बेला हमाससँगको सम्झौताको विरोध गरिरहेका सांसदहरुले संसद हलमै विरोध गरेका थिए ।

केहि सांसदले प्लेकार्ड देखाएर विरोध गर्न खोजेपछि सुरक्षाकर्मीहरुले उनीहरुलाई बाहिर निकालेका थिए । ट्रम्पले भाषण गरिरहेका बेला एक विपक्षी एमके (इजरायली संसद सदस्य) ले ‘प्यालेस्टाइनलाई मान्यता दिनुहोस्’ लेखिएको कागज देखाएका थिए ।

ट्रम्पले सो घटनालाई ‘निकै प्रभावकारी’ भन्दै आफ्नो सम्बोधन शुरु गरेका थिए । ट्रम्पको शन्ति योजना अनुसार हमास र इजरायलबीच भएको सम्झौतापछि आज नै सबै जीवित २० बन्धक छुटेका छन् ।

यसै अवसरमा ट्रम्प इजरायल पुगेर इजरायलको संसदलाई सम्बोधन गरेका छन् भने बन्धकका परिवारसँग समेत भेटवार्ता गरेका छन् ।