काठमाडौं । यूएईमा जारी नेपाल र वेस्ट इन्डिजबीचको टी– २० सिरिज युनिटी कपको दोस्रो खेल आज हुँदै छ । यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले जित दर्ता गरेको छ । आजको खेल पनि जित हासिल गरे सिरिज नेपालको पोल्टामा पर्नेछ ।
टी– २० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलिरहेको हो ।