• फाल्गुन २३ २०८२, शनिबार

साफ क्लब महिला च्याम्पियनसिप हुने, नेपालबाट एपीएफ खेल्दै

आश्विन ३ २०८२, शुक्रबार

काठमाडौँ । दक्षिण एशियाली क्लब महिला च्याम्पियनसिप हुने भएको छ ।

दक्षिण एशिया फुटबल फेडेरेसनले डिसेम्बर ५ देखि डिसेम्बर २० सम्म साफ क्लब महिला च्याम्पियनसिप हुने जानकारी दिएको छ ।

फेडेरेसनका अनुसार नेपालको एपीएफ फुटबल क्लब, बंगलादेशको नासरिन स्पोट्र्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बङ्गाल एफसी र पाकिस्तानको कराची सिटी फुटबल क्लब खेल्ने भएका छन् ।