काठमाडौँ । वेस्ट इन्डिजले भारतविरुद्धको टेस्ट सिरिजका लागि आफ्नो टोली घोषणा गरेको छ । यो सिरिज अक्टोबर २ देखि १४ सम्म खेलिनेछ ।
दुई खेलको टेस्ट सिरिजको पहिलो खेल अक्टोबर २ देखि ६ सम्म अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ भने दोस्रो खेल दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ ।
वेस्ट इन्डिजले पहिलो पटक बायाँ हाते स्पिनर खरी पियरेलाई टेस्ट टोलीमा समावेश गरेको छ । ३३ वर्षीय खरी पियरेले वेस्ट इन्डिज च्याम्पियनसिपमा लगातार राम्रो प्रदर्शन गरेका छन् । उनले यस सिजनमा ४१ विकेट र १३.५६ को औसतका साथ सबैभन्दा धेरै विकेट लिएका छन् ।
वेस्ट इन्डिजको टिम– रोस्टन चेस (कप्तान), जोमेल वारिकन, केवलन एन्डरसन, एलिक एथानासे, जोन क्याम्पबेल, त्जाइनेरिन चन्द्रपल, जस्टिन ग्रीभ्स, शाई होप, टेभिन इम्लाच, अल्जारी जोसेफ, शमर जोसेफ, ब्रान्डन किंग, एन्डरसन फिलिप, खरी पियरे र जेडेन सिल्स ।