• फाल्गुन २३ २०८२, शनिबार

पोखरा निन्जाजमाथि लुम्बिनीको रोमाञ्चक जीत

भाद्र २२ २०८२, आईतवार

काठमाडौँ । लुम्बिनी लाभाजले जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत पोखरा निन्जाजलाई पराजीत गरेको छ ।आइतबार सम्पन्न प्रतिष्पर्धात्मक खेलमा लुम्बिनीले पोखरालाई ३-२ को सेटमा पराजीत गरेको हो ।

लुम्बिनीले पहिलो सेट २५-१३ ले जितेको थियो भने दोस्रो सेट पोखराले २५-२३ ले र तेस्रो सेट २५-१० ले जितेको थियो । त्यसपछि लुम्बिनीले खेलमा कमब्याक गर्दै चौथो सेट २८-२६ ले र पाँचौं सेट १५-१० ले जितेको थियो ।

यो जितपछि लुम्बिनीले २ अंक हासिल गरेको छ भने पोखराले एक अंक पाएको छ । यो लुम्बिनीको दोस्रो खेलमा पहिलो जित  हो । त्यस्तै पोखराले भने लगातार तेस्रो हार बेहोरेको छ ।