• फाल्गुन २३ २०८२, शनिबार

बलिवुड फिल्म वार–२ र कुलीले पहिलो दिन कति कमाए ?

श्रावण ३० २०८२, शुक्रबार

काठमाडौँ । बलिवुडमा विहिबार दुई ठुला बजेटका फिल्म रिलिज भएका छन् ।

ऋतिक रोशन र जूनियर एनटीआरको वार– २ रिलिज भएको छ भने सुपरस्टार रजनीकान्तको कुली पनि एकसाथ रिलिज भएको छ । रजनीकान्तको फिल्मको लागि दर्शकहरूमा ठूलो क्रेज देखिएको छ ।

रिलिजको पहिलो दिनको बक्स अफिस कलेक्सन बाहिर आएको छ ।

रजनीकान्तको फिल्म कुलीले पहिलो दिन भारतमा ६५ करोड कमाई गरेको छ । त्यस्तै वार–२ ले भारतमा ५२.५ करोड कमाई गरेको छ । रजनीकान्तको फिल्म कुलीले भारत बाहिर आक्रामक कमाई गरेको छ । कुलीले पहिलो दिन विश्व भर डेढ सय करोडभन्दा बढी कमाई गरेको बताइएको छ । त्यस्तै वार– २ ले विश्वभर करिब सय करोडको कमाइ गरेको छ ।

कुली यस वर्षको बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो । सुपरस्टार रजनीकान्त बाहेक, बलिउड सुपरस्टार आमिर खान, नागार्जुन, श्रुति हासन, सोबिन शाहीर र उपेन्द्र राव पनि यस फिल्ममा मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म करिब ४ सय करोडको बजेटमा बनाइएको छ । अर्कोतर्फ ऋतिक रोशनसँगै जुनियर एनटीआरको फिल्म वार–२ को लागत पनि चार सय करोड रहेको छ ।