• फाल्गुन २३ २०८२, शनिबार

जुडोको अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा नेपालबाट ३ जना सहभागी हुने

श्रावण २८ २०८२, बुधबार

काठमाडौँ । जुडोको अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा नेपालबाट तीन जना सहभागी हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय रेफ्री सेमिनार तथा परीक्षामा सहभागी हुने ३ सदस्यीय नेपाली जुडो टोलीलाई बिदाइ गरेका छन् ।

अगष्ट १५ देखि १९ तारिखसम्म जोर्डनको अम्मान हुने सेमिनारमा राधादेवी राई, रवि चौधरी र कविता पुन सहभागी हुनेछन् ।  सो अवसरमा राखेपका सदस्य प्रकाशकुमार कुसारी, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतको उपस्थिति रहेको थियो।