• फाल्गुन २३ २०८२, शनिबार

फिल्म ‘मोहर’ र ‘सिटामोल’ आजदेखि प्रदर्शनमा

श्रावण २३ २०८२, शुक्रबार

काठमाडौँ । आजदेखि दुई फिल्म ‘मोहर’ र ‘सिटामोल’ प्रदर्शनमा आएका छन् ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको ‘मोहर’मा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा, मिथिला शर्मा, पवित्रा साकी (मिस पबी) लगायतको अभिनय छ । यो फिल्म देउकी कुप्रथाको कथालाई केन्द्रमा राखेर बनाइएको ट्रेलरबाट बुझ्न सकिन्छ ।

त्यस्तै, राज बहादुर साने निर्देशित ‘सिटामोल’मा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, पवन भट्टराई, काजल भुजेल लगायतको अभिनय रहेको छ । फिल्म ‘जन्ते बाख्रो’का निर्देशक सिमोस सुनुवार प्रस्तुतकर्ता रहेको फिल्ममा राज बहादुर साने र प्रदीप भारद्वाजको लेखन छ ।

दुवै फिल्मलाई अहिले प्रदर्शन भइरहेको हिन्दी फिल्म सैयारा र आगामी बिहीबारदेखि प्रदर्शनमा आउने हिन्दी फिल्म वार– २ को चपेटामा पर्नसक्ने सम्भावना पनि उत्तिकै देखिन्छ । फिल्म ‘मोहर’ र ‘सिटामोल’मा मुख्य बेनिशा हमाल रहेकी छन् र उनका दुवै फिल्मबीच बक्स अफिस भिडन्त भएको छ ।