• फाल्गुन २३ २०८२, शनिबार

मगर विद्यार्थी संघद्वारा २६औं अरुण स्मृति दिवस–२०८२ भव्य रूपमा मनाइँदै

श्रावण ४ २०८२, आईतवार

काठमाडौं, साउन ५ । लोकप्रिय गायक तथा गीतकार दिवंगत अरुण थापामगरको सम्झनामा २६औं अरुण स्मृति दिवस–२०८२ राजधानीको राष्ट्रिय नाचघर, जमलमा भव्य रूपमा मनाइने भएको छ । कार्यक्रम श्रावण ५ गते बिहान १:०० बजे सुरु हुनेछ ।

कार्यक्रमको आयोजना नेपाल मगर विद्यार्थी संघ, केन्द्रीय समिति काठमाडौंले गरेको हो । नेपाल सरकार संस्कृतिक पयर्टन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतकाे  पुरानाे संस्था संस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलकाे विशेष प्रस्तुति तथा अरूण थापामा समपिंत विशेष गीति नाटककाे  प्रस्तुति  रहनेछ ।

कार्यक्रममा बिपिन पोखरेल, तीर्थराज पोखरेल, गायत्री रानामगर, शिला विष्ट, दिपेन्द्र बज्राचार्य, राधिका भण्डारी, टिका मगर, सुनकुमारी मोक्तान, सीता माया राइजोङ, दुर्गाप्रसाद व्यक्तिवटा, नरेश प्रजापति, लोकराज राई, मेन थापामगर लगायत चर्चित कलाकारहरूको उपस्थिति रहनेछ ।

अरुण स्मृति दिवस हरेक वर्ष  अरुण थापामगरको योगदानलाई सम्मान गर्न, नयाँ पुस्तालाई प्रेरणा दिन र मगर समुदायको सांस्कृतिक पहिचानलाई उजागर गर्न मनाइँदै आएको हो । नेपाल मगर विद्यार्थी संघका अध्यक्ष राजु पुनमगरका अनुसार, यो दिवसले कलाकारिता र सांस्कृतिक चेतना फैलाउन ठूलो योगदान पुर्याउँदै आएको छ ।