• बैशाख २८ २०८२, आईतवार

महिला टी–२० विश्वकप एसिया छनोट, बहराइनविरुद्ध नेपाल ९ विकेटले विजयी

बैशाख २७ २०८२, शनिबार

वैशाख २७, काठमाडौं । महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले बहराइनलाई पराजित गरेको छ । आज बिहान भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको हो ।

थाइल्यान्डको तेरथाइ क्रिकेट मैदानमा भएको खेलमा नेपाल विजयी भएको हो । वर्षाका कारण खेल ५ ओभरमा सीमित गरिएको थियो ।

जसमा सुरुवाती ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाउँदै ४१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।