काठमाडौँ । नेपालबाट पस्मिना गलैँचा हस्तकलाका सामानहरू विश्व बजारमा पुगेको लामो समय भइसक्यो । तर नेपालीले उत्पादन गरेका त्यस्ता सामग्रीले भने कमैले मात्रै विश्व बजारमा आफ्नो ब्रान्ड बनाएका छन् । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपाल बाहिर ९७ प्रकारका सामग्री विश्व बजारमा पुग्ने गरेको छ । नेपालबाट बाहिर निकासी हुने अलैँची चिया कफी अदुवा लगायतका सामग्री विश्व बजारमा पुगे पनि खासै चर्चा हुने गरेको पाइँदैन । तर केही त्यस्ता उत्पादित सामग्री छ जसले विश्व बजारमा नेपालको नाम स्थापित गरिरहेका छन् ।
वाई वाई चाउचाउ
नेपाली ब्रान्ड भनेर चिनिने वाई वाई चाउचाउ विश्वको ३५ भन्दा धेरै मुलुकमा निर्यात हुने गरेको छ । यो चाउचाउको मालिक फोब्र्स पत्रिकामा विश्वका खर्ब पतिको सूचीमा परेका नेपालका एक मात्र व्यवसायी विनोद चौधरीको हुन् । चौधरीले लामो मेहेनत पछि वाई वाई चाउचाउलाई विश्व बजारमा १ नम्बरको ब्रान्ड बनाउन सफल भए ।
नेपालका पहिलो र एक मात्र अरबपति उद्यमी, जसले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने साहस गरे । वाई वाई को सुरुआत २०४० को दशकमा भएको थियो, जब नेपालमा नै अन्तर्राष्ट्रिय स्तरको चाउचाउ उत्पादन गर्ने सपना बोकेर चौधरी ग्रुपले उद्योग स्थापना ग¥यो ।
नेपाल सहित एसियाका देशहरू भारत, बङ्गलादेश र कजकस्तानमा वाई वाई ले उत्पादन सुरु गरिसकेको छ भने युरोपमा समेत सर्विया र इजिप्टमा वाई वाईका प्लान्ट लागेर उत्पादन भइरहेको छ । वाई वाई को उत्पादन नेपालमै सुरु भएको भए पनि, यसको सोच सुरुदेखि नै अन्तर्राष्ट्रिय थियो । उत्पादक कम्पनी सिजी फूड्सले वाई वाई लाई केवल घरेलु बजारमा सीमित राखेन, विदेशमा समेत यसको माग बढाउँदै लग्यो ।
वाई वाई ले भारतमा अहिले सात स्थानमा १२ वटाभन्दा बढी उत्पादन स्थल बनाएको छ । नेपालीले यो कति बृहत् भइसकेको छ भन्ने थाहा पाएका छैनन् होला तर भारतजस्तो ठुलो चाउचाउ बजारमा वाई वाई ले ३५ प्रतिशत सेयर ओगटिसकेको छ ।
विश्व बजारमा वार्षिक ५ अर्ब प्याकेट चाउचाउ बेच्दै गरेको वाई वाईको आर्थिक वृद्धिदर २० प्रतिशत रहेको सोही कम्पनीले जनाएको छ । अहिले वाई वाई ले विश्वको इन्स्टेन्ट चाउचाउ बजारको ४ प्रतिशत सेयर ओगटिसकेको छ । संसार भरी नै आफ्ना उत्पादन पु¥याउन सफल भएको यो कम्पनीको वार्षिक आय २० करोड डलर भन्दा बढी छ । नेपालमा ६५ प्रतिशत बजार ओगटेको यो कम्पनीको चार स्थानमा ९ उत्पादन स्थल रहेको छ ।
२०४१ सालमा अन्तर्राष्ट्रिय ब्रान्ड अधिकारसहित थाइल्यान्डबाट वाई वाई ब्रान्ड भित्र्याएका चौधरीले अहिले विश्वभर नेपाली ब्रान्ड विस्तार गरेका छन् । वाई वाइले विश्वको चाउचाउ बजारको २.५ प्रतिशत हिस्सा ओगटेको चौधरी ग्रुपले जनाएको छ । आउट लुक बिजनेसका अनुसार भारतमा बिक्रीका हिसाबले वाई वाई शीर्ष तीन नम्बरमा पर्छ ।
गोल्ड स्टार जुत्ता
नेपालीहरूको मनमन बस्न सफल नेपाली बान्डको गोल्ड स्टार जुत्ता नेपालमा मात्रै नभई विश्वको धेरै मुलुकमा पुगिसकेको छ । अन्य मुलुकमा उत्पादन केन्द्र नभए पनि किरण सुज म्यानुफ्याक्चरिङ प्रालिले भारत, भुटान, अस्ट्रेलिया, बेलायत, मलेसिया लगायतको मुलुकमा जुत्ता पु¥याउँदै आइरहेको छ । अरू मुलुकमा भने अधिकृत बिकेतामार्फत् बिक्री हुने गरेको छ । गोल्ड स्टार जुत्ता अहिले नेपालीले मात्रै नभई विदेशीले पनि मन पराउने गरेका छन् ।
गोल्ड स्टार जुत्ता विदेशीको रोजाइमा परेसँगै अहिले धेरै विदेशी उपभोक्ताले गोल्ड स्टार जुत्ता लगाउने गर्छन् । नेपाली बजारमा भन्दा विदेशी बजारमा गोल्ड स्टार जुत्ता बढी बिक्ने गरेको छ । कम्पनीका अनुसार विदेशमा वार्षिक १ करोडभन्दा बढी जोर जुत्ता बिक्री हुँदै आएको छ भने नेपालमा मुस्किलले ५० लाख जोर जुत्ता बिक्री हुने गरेको छ । दैनिक ७५ हजार जोर उत्पादन गर्दै आएको किरण सुजले विदेशी मागलाई ध्यानमा राखेर बिक्री गर्ने गरेको छ ।
हिमालयन जाभा
नेपाली ब्रान्ड विश्व बजारमा पुगेको अर्को ब्रान्ड भनेको हिमालय जाभा हो । कफीको पारखीका लागि हिमालयन जाभाको स्वाद अब नेपालमा मात्रै सीमित रहेन । यो ब्रान्ड अमेरिका, क्यानडा, अस्ट्रेलियासम्म फैलिसकेको छ ।
सन् १९९९ मा काठमाडौँमा खोलिएको हिमालयन जाभाका आउट लेट र फ्रेन्चाइज अमेरिका, थाइल्यान्ड, भुटान, बेलायत र क्यानडामा छन् । अमेरिकामा मात्रै हिमालयन जाभाका दुई आउट लेट छन् । नेपाली कफीको उत्पादन, ब्राण्डिङ र प्रवर्द्धन गर्ने योजनाका साथ हिमालयन जाभाले कफी खेती पनि गरिरहेको छ । जाभाका कफी बनाउने तालिम (वारिस्टा) र बेकरी तालिमका लागि स्कुल पनि सञ्चालनमा छन् ।
हिमालयज अन टप वाटर
नेपालले बनाएको अर्को ब्रान्डको नामको हिमालयन स्प्रिङ वाटर । रसुवाको गोसाइकुण्डबाट बगेर आउने पानीलाई सदुपयोग गर्दै विश्व बजारमा पठाउन सफल भएको छ । नेपाली पानीले अहिले विश्व बजारमा प्रतिस्पर्धा गरिरहेको छ ।
विसं २०७२ सालदेखि यो पानीले विदेशी मुलुकमा आफ्नो प्रभुत्व जमाइरहेको छ । सन् २००७ मा कोरियन लगानीमा स्थापना भएको हिमालयज स्प्रिङ वाटरको नेपाली साझेदार मुक्ति श्री प्रालि हो । हिमालयज अन टप नामक मिनरल वाटर अहिले अमेरिका,जापान, इटाली, साउदी अरब र दुबई(युएई) मा निर्यात भइरहेको छ ।
हिमालयज अन टप ब्रान्डको स्प्रिङ वाटरले सन् २०१५ मा ‘न्यु बर्न बेबी फिडिङ वाटर’को प्रमाणपत्र समेत पाइसकेको छ । यो प्रमाणपत्र पाउनु भन्नुको अर्थ, यो पानी स्वच्छ र ‘सफ्ट’ खालको पानी हो र भर्खरै जन्मेका शिशुलाई समेत पिलाउन सकिन्छ भन्नु हो । सन् २०१५ मा अमेरिकाको लज एन्जलसमा भएको उच्च स्तरीय स्वच्छ खानेपानी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘फाइन वाटर समिट–२०१५’ नेपालको पानीले प्रतिनिधित्व जनाउने क्रममा ‘न्यु बर्न बेबी फिडिङ वाटर’को प्रमाणपत्र पाउन सफल भएको हो ।
हिमालयज अन टप’ ब्रान्डको यो पानी गुणस्तरमा क्यानडाको स्प्रिङ वाटरपछि दोस्रो स्थानमा रहेको छ । “नेपालको स्प्रिङ वाटर हामीले सोचेभन्दा उच्च गुणस्तरको रहेको भनेर विश्वमा परिचित छ । स्प्रिङ वाटर हिमनदीबाट आएको पानी हो, जुन स्वास्थ्यका लागि ज्यादै हितकर मानिन्छ । ०५२ सालतिर कोरियाली उद्यमी समूहले नेपालमा स्प्रिङ वाटरको स्रोत र सम्भावनाको खोजी गरेको थियो । त्यस क्रममा रसुवास्थित लाङटाङ हिमाल उनीहरूको रोजाइमा प¥यो । नेपालको पानीले तोकिएको युरोपेली मापदण्ड पूरा गरेकाले अन्तर्राष्ट्रिय बजारमा यसको उपस्थिति दरिलो हुँदै गएको छ ।
नेपालमा उत्पादित खुकुरी रम
नेपालमा उत्पादन हुने खुकुरी रम, ८८४८, वर्ल्ड दरबारलगायत केही मदिरा ब्रान्डले पनि विश्व बजारमा आफ्नो उपस्थिति देखाएका छन् । यसमध्ये खुकुरी रम विश्व बजारको प्रिय पेय बनेको छ । खुकुरी रम अमेरिका, स्पेन, बेल्जियम, दक्षिण कोरिया, जापान, सिंगापुर लगायत मुलुकमा प्रशस्त निर्यात हुँदै आएको छ ।
यसरी आफ्नो मुलुकमा उत्पादित सामग्री विश्व बजारमा पुग्नु गौरवको विषय मात्रै हैन, मुलुक समृद्धिको दिशामा छ भन्ने सङ्केत पनि हो । स्वाभाविक रूपमा स्वदेशी उत्पादनले मुलुकलाई आत्मनिर्भरको बाटोमा डो¥याउँछ ।