• फाल्गुन २९ २०८१, बिहीबार

पद्मकन्या क्याम्पसमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित

फाल्गुन २९ २०८१, बिहीबार

काठमाडौं ।  आगामी चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ । तर काठमाडौं उपत्यकाका अधिकांश ठूला क्याम्पसहरूमा निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन ।

बागबजारस्थित पद्मकन्या क्याम्पसमा अनेरास्ववियु लगायत विद्यार्थी सङ्गठनले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

निर्वाचन मण्डलले मनोमानी ढङ्गले  सर्वदलीय बैठक नै नराखी र निर्वाचन अधिकृतको अनुपस्थितिमै निर्वाचन कार्यक्रम अघि बढाएकाले तालाबन्दी गर्नुपरेको अनेरास्ववियुकी नेत्री शोभा सापकोटाले बताइन् । निर्वाचन समितिको कार्यालयमा तालाबन्दी हुँदा समेत सहमति विना मनोनयन पत्र बाँडिएको उनको आरोप छ ।

उनले बिदाको दिन नोमिनेसन राखेर जबरजस्ती एकलौटी तरिकाले निर्वाचन गर्न खोजिएकाले तालाबन्दी गरिएको बताइन् । माग पूरा नभएसम्म ताला नखोल्ने उनको भनाइ छ ।

यसैबीच पद्मकन्या क्याम्पसमा गएराति होस्टेलका विद्यार्थीहरूलाई एउटा समूहले लगेको बताइएको छ ।