१३ फागुन, काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र म्यानमारबीच बुधबार फाइनल खेल हुँदैछ । दुवै टोलीले फाइनलका लागि तयार भएको बताएका छन् । मंगलबार भएको प्रि म्याच प्रेस कन्फ्रेन्समा दुवै टोलीले फाइनलका लागि तयार रहेको र उपाधि जित्ने दाबी गरेका छन् । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले यसअघिका तीन खेल राम्रो भएको र फाइनलका लागि तयार भएको बताए ।
‘तीन खेल खेल्यौं, राम्रो भयो । अब फाइनलको तयारी हुँदैछ’ उनले भने । यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि अहिलेसम्म सबैले राम्रो खेलेको र अब उपाधिका लागि फाइनलमा फाइट गर्ने बताइन् । ‘समग्रमा सबै खेल राम्रो भयो । सबैले राम्रो खेल्नुभयो । अहिलेसम्म सिल्भर मेडलमा छौं । भोलि गोल्डका लागि फाइट गर्नेछौं’ उनले भनिन, ‘दुवै टिम उपाधिका लागि खेल्छन् ।
जसले राम्रो खेल्छ उसैले जित्ने हो । हामी हाम्रो बेस्ट दिनेछौं ।’ म्यानमारका प्रशिक्षक र कप्तानले पनि फाइनलका लागि तयार भएको बताए । ‘फाइनलका लागि तयार छौं, आशा छ भोलि राम्रो खेल हुनेछ’ म्यानमारका प्रशिक्षक तेत्सुको युकीले भने । ‘हाम्रो खेलाडीहरू फाइनलका लागि तयार छन् । फाइनलमा राम्रो खेल्ने आशा छ’ म्यानमारका कप्तान वेन थेइङ्गी तुनले भनिन् ।
फाइनल यात्रा
चार राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल र म्यानमार अपराजित रहँदै फाइनल पुगेका हुन् । दुवैले तीमध्ये दुई खेल जित्दा एक बराबरी खेल्दै समान ७ अंक जोडेका थिए । गोलअन्तरमा म्यानमार पहिलो र नेपाल दोस्रो हुँदै फाइनल पुगेको हो । नेपालले कीर्गिस्तान र लेबनानलाई समान १९० ले पराजित गरेको थियो । म्यानमारले लेबनानलाई ३९१ र कीर्गिस्तानलाई ५९० ले हराएको थियो ।
नेपाल र म्यानमारबीच भएको लिगको अन्तिम खेल २९२ को बराबरीमा सकिएको थियो । नेपालले तीन खेलमा जम्मा ४ गोल गरेमो छ भने म्यानमारले १० गोल गरेको छ । नेपाल र म्यानमारबीच अहिलेसम्म चार खेल भएको छ, जसमा नेपाल जितविहिन छ । म्यानमार दुई खेलमा विजयी हुँदा दुई खेल बराबरीमा सकिएको थियो । यसै प्रतियोगिताको लिग चरणमा नेपाल र म्यानमारले २९२ को बराबरी खेलेका थिए ।