७ फागुन, काठमाडौं । घरेलु भूमिमा भइहेको इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत बिहीबार म्याच डे २ का दुई खेल हुँदैछ । पहिलो खेल दिउँसो २ बजे म्यानमार र कीर्गिस्तानबीच हुनेछ भने साँझ ६ बजे हुने दोस्रो खेलमा नेपाल र लेबनान भिड्नेछन् । म्यानमार र नेपालले आफ्नो पहिलो खेल जितेका थिए । त्यसैले दोस्रो खेलमा पनि जितलाई निरन्तरता दिने लक्ष्य छ ।
नेपाल पनि दोस्रो खेलमा लेबनानलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा छ । नेपालले पहिलो खेलमा कीर्गिस्तान विरुद्ध १९० को कठिन जित निकालेको थियो । म्यानमारले भने लेबनानलाई ३९१ ले पराजित गरेको थियो । त्यसैले बिहीबार नेपाल र म्यानमार दुवै विजयी भएमा अन्तिम खेल खेल्नुअघि नै फाइनल पुग्नेछन् । अझ म्यानमार र कीर्गिस्तानको खेल दिउँसो हुने भएकोले त्यस खेलको नतिजापछि नेपालले फाइनल पुग्न कस्तो नतिजा ल्याउनुपर्नेछ थाहा हुनेछ ।
अहिले खेलिरहेका चार टोलीमध्ये वरियतामा सबैभन्दा तल लेबनान छ भने तुलनात्मक रुपमा कीर्गिस्तानलाई कमजोर टोली मानिएको थियो । यद्यपी पहिलो खेलमा लेबनान र कीर्गिस्तान दुवैले विपक्षीलाई सहजै जित्न भने दिएनन् । कीर्गिस्तानले नेपालविरूद्ध योजनाबद्ध रूपमा खेल्दा नेपालले एकभन्दा बढी गोल गर्न सकेन । विंगर विमला चौधरीको एक मात्र गोल नेपालले पहिलो ३ अंक जोड्न सफल हुँदा फरवार्डहरु भने फिनिसिङमा चुकेका थिए ।
पहिलो खेलमा देखिएको कमजोरीलाई दोस्रो खेलमा सुधार गर्दै राम्रो प्रदर्शन गर्ने लक्ष्यमा नेपाल छ । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले लेबनानविरूद्ध जितकै लागि खेल्ने र फरक रणनीतिका साथ मैदान उत्रने बताएका छन् । ‘लेबनानलाई जित्यौं भने फाइनल पुग्ने चान्स छ । गत वर्ष वाफमा लेबनानले हामीलाई धेरै दुस्ख दिएको थियो ।
भोलिको खेलमा घरेलु मैदानमा हामी फरक रणनीति बनाएर खेल्नेछौं’ तामाङले अनलाइनखबरसँग भने । नेपालले पहिलो खेलमा मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बालाई दोस्रो हाफमा खेलाए पनि अपेक्षा अनुसार प्रदर्शन गर्न सकिनन् । उनी त्यही दिन बिहान मात्र फ्रान्सबाट आएकोले खेल्नेरनखेल्ने टुंगो थिएन । तर दोस्रो हाफमा प्रशिक्षकले साम्बालाई मैदान उतारेका थिए । यस्तै पहिलो खेलको दुई दिनअघि नेपाल आइपुगेकी रेखा पौडेलले पनि पहिलो खेलमा राम्रो खेल्न सकिनन् ।
खेलपछि प्रशिक्षक तामाङले साम्बालाई टिमसँग समन्वयका लागि पहिलो खेल खेलाएको र त्यो आफ्नो निर्णय भएको बताएका थिए । यसैगरी पहिलो खेलमा कीर्गिज खेलाडीसँग ठोक्किएर निधारमा चोट लागेकी डिफेण्डर निशा थोकरले मैदान छाडेकी थिइन् । उनलाई तत्काल हस्पिटल लगरेर सोही दिन निधारमा टाँका लगाइएको थियो । टाँका लगाइएकोले चिकित्सकले निशालाई आराम गर्न सल्लाह दिएका थिए भने उनले बाँकी खेल गुमाउने सम्भावना देखिएको छ ।
तर एन्फाले यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यस्तै प्रशिक्षक तामाङले पनि उनको विषयमा कुनै निर्णय नभएको बताए । तामाङले निशा टिममै हुने तर लेबनानविरूद्धको खेल भने नखेल्ने बताए । त्यसपछि उनको अवस्था हेरेर निर्णय लिने तामाङले जानकारी दिए । उता लेबनानका प्रशिक्षक वेल घार्जेदिनले पहिलो खेलमा म्यानमारसँग हारपछि नेपालविरूद्ध दोस्रो खेलमा केही परिवर्तन हुने बताएका थिए ।
‘निश्चय पनि टिममा केही परिवर्तन हुन्छ’ उनले खेलपछि भनेका थिए । विदेशी लिग खेलेर सोमबारै मात्र काठमाडौं आइपुसगेका लेबनानका तीन खेलाडीले पहिलो खेल खेलेनन् । फ्रान्समा खेल्ने फरवार्ड क्रिस्ट मालुफ तथा अष्ट्रेलियाको वेलिङग्टन पोएनिक्सबाट खेल्ने डिफेण्डर टिएना जाबेर र मिडिल्डिर मिया गिलले पहिलो खेल खेलेनन् । यी तीनै खेलाडी लेबनानको पहिलो रोजाइमा खेल्ने खेलाडीहरू हुन् । नेपालविरूद्ध यी खेलाडीहरु खेल्ने सम्भावना छ ।
दुवै टिमको पछिल्ला ५ खेलको नतिजा नेपालले पछिल्ला पाँच खेलमा ४ जित निकाल्दा १ खेलमात्र गुमाएको छ ।
साफ च्याम्पियनसिपको फाइनलमा व्यहोरेको त्यो एक हार नेपालका लागि निकै महँगो सावित बनेको थियो । गत अक्टोबरमा काठमाडौंमै भएको साफ च्याम्पियनसिपमा नेपालले समूह चरणमा माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो भने तनावपूर्ण सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा हराएर फाइनल पुगेको थियो ।
फाइनलमा भने नेपाल बंगलादेशसँग २९१ ले पराजित भएको थियो । हाल भइरहेको च्याम्पियनसिपको पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १९० ले पराजित गरेको थियो । बंगलादेशले नेपालको जित यात्रामा ब्रेक लगाइदिएपछि नेपालले कीर्गिस्तानविरूद्ध पहिलो जित हात पारेको हो । लेबनानको पछिल्लो पाँच खेलको नतिजा हेर्दा २ जित र ३ हार छ । पछिल्लो तीन खेलमा लेबनान लगातार पराजित भएको छ ।
त्यसमा गत वर्ष फेब्रुअरीमा साउदी अरेबियामा भएको वाफ च्याम्पियनसिपको चार खेल र हाल भइरहेको इन्टरनेशनल वुमन्स च्याम्पियनसिपको १ खेल छ । वाफमा लेबनानले समूह चरणमा ग्वामलाई ४९३ ले, साउदी अरेबियालाई ३९० ले पराजित गरेको थियो । यस्तै जोर्डनसँग २९० ले पराजित भएको लेबनान सेमिफाइनलमा नेपालसँग २९१ ले पराजित भएको थियो ।
पछिल्लो पाँच खेलको नतिजा हेर्दा लेबनानको तुलनामा नेपाल नै अघि छ । तर मैदानमा भने लेबनानले पनि राम्रो प्रदर्शन गरिरहेको छ । नेपाल र लेबनानको महिला फुटबल टोलीबीच अहिलेसम्म जम्मा एक खेल मात्र भएको छ । गत वर्ष फेब्रुअरीमा साउदीमै भएको वाफ च्याम्पियनसिपमा नेपाल र लेबनान पहिलोपटक आमनेसामने भएका थिए । सेमिफाइनलमा नेपालले लेबनानलाई २९१ ले पराजित गरेर फाइनल प्रवेश गरेको थियो ।
पुजा रानाको आत्मघाती गोलमा लेबनानले पहिले अग्रता लिएपनि नेपालले पुनरागमन गर्दै जित निकालेको थियो । ७६औं मिनेटमा सावित्रा भण्डारीले बराबरी गोल गरेकी थिइन् भने इन्जुरी टाइममा प्रीति राईले विजयी गोल गरेकी थिइन् । पहिलो पटक वाफ च्याम्पियनसिपमा सहभागी भएको नेपाली टोलीले फाइनल पुग्दै उपलब्धि हात पारेपनि जोर्डनसँग पेनाल्टीसुटआउटमा पराजित हुँदा उपाधिबाट भने वञ्चित बनेको थियो ।