• बैशाख १८ २०८२, बिहीबार

त्रिकोणात्मक टी–२० आई सिरिज : नेदरल्यान्ड्सविरुद्ध पूजा महतोको अर्धशतक

माघ २३ २०८१, बुधबार

माघ २३, काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्ड्सविरुद्ध नेपालकी पूजा महतोले अर्धशतक प्रहार गरेकी छिन् । बुधबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरिरहेको नेपालका लागि पूजाले अर्धशतक पूरा गरेकी हुन् ।

पूजाले ४३ बलमा ४ चौका प्रहार गरिन् । जारी त्रिकोणात्मक सिरिजमा नेपाली टिमबाट अर्धशतक प्रहार गर्ने पूजा पहिलो खेलाडी पनि बनिन् ।टी–२० आईमा पूजाको यो दोस्रो अर्धशतक हो । यसअघि पूजाले सन् २०२३ मा माल्दिभ्सविरूद्ध अर्धशतक प्रहार गरेकी थिइन् ।