• माघ २३ २०८१, बुधबार

सुन्दर हमालको शब्द र राजु परियारको आवाजमा ‘कलकल बगेको खोली’ (भिडियो सहित)

माघ २३ २०८१, बुधबार

काठमाडौं । नेपाली मौलिक लोकदोहोरी गीत संगीतमा राम्रो सम्भावना भएकी गायिका मन्दिरा थापामगर र गायक राजु परियारको आवाजमा रहेको मौलिक भाकामा आधारित गीत ‘कलकल बगेको खोली’ को भिडियो डिजिटल बजारमा आएको छ ।

भिडियो सुन्दर हमालको युटुवमार्फत् सार्वजनिक भएको छ । गीतमा प्रेमी प्रेमिका बीचको मायालाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

मौलिक लयमा सिर्जना भएकाले दर्शक तथा स्रोताले सो गीतलाई मन पराउनेमा आफू आशावादी रहेको गायिका थापाले बताइन् । गीत सुन्दर हमालको शब्द तथा शिव हमालको लय सिर्जनामा तयार पारिएको छ ।

भिडियो रेशम दलामीको छायांकन, अमृत चापागाईंको सम्पादन तथा कुमार केसीको निर्देशन भिडियो बनेको हो । उक्त गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ र जुना विश्वकर्माको अभियन रहेको छ ।