• माघ २३ २०८१, बुधबार

निन्द्रामा हिड्नुका कारण र यसको उपचार

माघ २३ २०८१, बुधबार

निन्द्रामा हिड्नुका कारण

पहिले मनोवैज्ञानिक कारण नै मुख्य कारक मानिए पनि हाल आएर जैविक कारणहरूका केही पक्षहरू पनि खुल्न थालेका छन् । पछिल्ला अनुसन्धानहरूले यसको सम्बन्ध HLA- DQB1 जीनसग देखाएको छ । यो जीनले निद्राको समयमा मांशपेशीमा हुने हाम्रो नियन्त्रणमा असर गर्दछ र यसमा भएका केही संरचनात्मक त्रुटीले निद्रामा हिंड्ने अवस्था सृजना गर्न सक्छ भन्ने एक नया तर्क छ । यस जीनको संलग्नताले निद्रामा हिंड्ने अवस्थाको वंशाणुगत पक्ष तर्फ संकेत गर्छ ।

त्यस्तै, लामो समयसम्मको लगातार अनिद्रा फरक फरक क्जषत मा काम गर्ने र रक्सीको अत्यधिक सेवनले पनि निद्रामा हिंड्ने सम्भावना बढाइदिन्छ । त्यस्तै, मानसिक रोगको उपचार गर्न प्रयोग गरिने औषधिहरूले पनि निद्रामा हिंड्ने सम्भावना बढाउदा रहेछन् भन्ने केही अनुसन्धानले संकेत गरेका छन्– यद्यपि औषधीको कारणले यो समस्या बढ्छ भन्ने प्रमाणित भइसकेको छैन ।

उपचार

– निद्रामा हिंड्ने बानी भएको व्यक्तिलाई चोटपटक र दुर्घटनाबाट बचाउन सर्वप्रथम कोठाबाट धारीलो वस्तुहरू हटाउनु पर्छ, ठेस लागेर लड्ने वस्तुहरू पनि हटाउनु पर्छ र झ्याल ढोकाहरू सजिलै नखुल्ने पार्नेवारे पनि सोच्नुपर्छ ।

-उक्त व्यक्तिलाई लामो समय नसुत्ने अवस्था आउन नदिने र राती सुत्नु अघि रक्सीरलागुपदार्थ सेवन नगर्ने सल्लाह दिनुपर्छ ।

– वयस्कहरूलाई मानसिक रोग विशेषज्ञको सम्पर्कमा गई जाच तथा आवश्यक उपचारको सल्लाह दिनुपर्छ । केही अवस्थामा औषधीको जरुरत पर्छ ।

-बच्चाहरूमा भएको छ भने कोठाबाट धारीलो वस्तुहरू हटाय पुग्छ र बाबुआमाले धेरै चिन्ता नगरे हुन्छ । तर एकपटक डाक्टरलाई गएर सोधे पनि केही विग्रीदैन ।