दोस्रो विश्वयुद्ध लगत्तै बेलायत र अमेरिकाले बनाएको मध्यपूर्वको एउटा सानो देश जो मानिसहरुको हत्यामा खुशियाली मनाइरहेको छ । सबै इजरेली युद्धउन्मादी छन् भन्ने चाहीँ होइन । त्यो देशको नाम इजरेल हो । जसको नाम सुन्दासाथ मानिसहरुलाई युद्ध, बम र रक्तपिपासु भन्ने याद दिलाउँछ । मुस्लिम अर्थात् पेलेस्टिनीहरुलाई मारेर र उनीहरुलाई धपाएर बनेको इजरेलले आज पनि दैनिक सयौं पेलेस्टिनीहरुको रगत पिइरहेको छ ।
सन् १९७८ र त्यो भन्दा पनि अघिदेखि पेलेस्टिनीहरुको रगत पिउन थालेको इजरेलको अघिल्लो वर्ष पेलेस्टिनी लडाकू देशभक्तहरुको संगठन हमासले बमबाटै जवाफ दिएपछि बौलाएको इजरेली शासकले कम्तिमा ५० हजार पेलेस्टिनीहरुको रगत र मासु खाइसकेको छ । घरबार विहीन हुनेहरुको संख्या त एकिन नै भएको छैन ।
हमासलाई नामेट पारेर आफ्ना २ सय जना बन्धक छुटाउँछु भन्ने नाममा निर्दोष मुस्लिमहरुको रगत मासु खाइरहेको इजरेल आज लडाइँ हारेर पेलेस्टिनीहरुसित युद्धविराम गर्न पुगेको छ ।
हमास, हुथी, लेवनानी लगायतका आधा दर्जन देशहरुको मार थेग्न नसकेपछि इजरेली शासक नेतेन्याहुँ युद्धविराम गर्न बाध्य भएको हो । संसारका शान्तिप्रेमी मानिसहरुको लागि युद्धविराम हुनु र शान्ति कायम हुनु एकदम राम्रो कुरा हो तर अब बाँकी दिनहरुमा इजरेल र हमास बीचको सम्बन्ध के हुन्छ ? के युद्धविराम स्थायी हुनेछ ?
यी र यस्ता प्रश्नहरुको जवाफ भने आइसकेको छैन । यी दुवै पक्ष बीचको युद्धविराम जारी छ । युद्धबन्दीहरु छोड्ने क्रम पनि जारी छ तर इजरेली सेनाले मुस्लिमहरुमाथि गोली चलाउन छोडेको छैन । संसारका सारा युद्धरत पक्षहरुलाई अन्तराष्ट्रिय कानून र युद्धका नियमहरुको पालना गर्नुपर्छ भन्ने छ तर इजरेल मात्र एउटा यस्तो त्यस्तो देश हो, जसले मानिस मारिरहन पाउनु पर्छ र युद्धको नियम पनि पालना गर्नु पर्दैन ।
हो, त्यो देश हो इजरेल । किनकि ऊ बेलायत र अमेरिकाको पृय छ । उसलाई जन्माएकै बेलायत र अमेरिकाले हो । दोस्रो विश्वयुद्धमा युरोपमा खासगरी जर्मनमा हिटलरले झण्डै मारेर सकिएका यहुदीहरुको संरक्षण आजको बेलायत र अमेरिकाले गरेका थिए । तिनै अंग्रेजहरुको संरक्षणमा हुर्किएका यहुदी अर्थात् आजका इजरेलीहरुले नै आज मुस्लिमहरुको मासु खाइरहेका छन् ।
हो, हमास र इजरेल बीच युद्धविराम भएको छ । संसारमा खुशियाली छाएको छ । यो युद्धविराम स्थायी शान्तिमा परिणत हवस् । पेलेस्टिनीहरुको जातीय, धार्मिक, साँस्कृतिक र भौगोलिक अस्तित्व यथाअवस्थामा रहोस् । गाजा र पेलेस्टाइन इजरेलीको नियन्त्रणमा जानु हुँदैन । उनीहरु छुट्टै देशको मान्यतासहित पुनस्थापना हुनुपर्छ । इजरेलको आडमा मध्यपूर्व नियन्त्रणमा राख्न चाहने अमेरिकाले यो कुरा बुझोस् । विश्व समुदायले पनि गाजा र पेलेस्टिनीहरुलाई अलग देशको मान्यता दिऊन् । नत्र अर्को हमास जन्मनेछ ।
यसै सन्दर्भमा आजको डिजिटल दुनियाँमा कृया र प्रतिकृयाहरु आइरहेका छन् । यिनै कृयाप्रतिकृयाहरुलाई हामीले महत्व दिएका छौं । भर्खर मात्र अमेरिकामा नयाँ राष्ट्रपति पदमा डोनल्ड ट्रम्प विराजमान भएका छन् । सत्तामा विराजमान भएसँगै ट्रम्पले १ सय भन्दा बढी नयाँ कार्यक्रमको घोषणा गरेका छन् र उनको यो घोषणाले संसारभर तरंग पैदा गरेको छ ।
यसै बीच उनले अमेरिकाका ३५औं राष्ट्रपति जोन अफ केनेडीको हत्यामा आफ्नै सन्तान इजरेलप्रति औंला सोझ्याएका छन् । के आफैले तयार पारेको इजरेलले नै अमेरिकी राष्ट्रपति केनेडीको हत्या गरेको हो ? प्रश्न निकै गम्भीर छ । के यो घटना बारे छानबिन गरेर ट्रम्पले आफ्नै सहोदर भाई इजरेललाई कारवाही गर्लान् ? यो प्रश्नको जवाफ भने उनै ट्रम्पले दिनु पर्छ ।
यसैबीच हामीले विश्व राजनीतिमा जानकारी राख्दै र जानकारी दिँदै आएका विश्लेषक महादीप पोखरेलले सामाजिक संजाल फेसबुकमा व्यक्त गरेका विचार र त्यस विचारप्रति आएका प्रतिकृयालाई लिएका छौं ।
डोनल्ड ट्रम्पले आफ्ना पूर्वराष्ट्रपति जोन अफ केनेडीको हत्याको बारेमा दिएको उत्तेजक भनाईप्रति सामाजिक संजालमा पोखरेल लेख्छन्,‘आफ्नो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाकै भुतपूर्व राष्ट्रपति जोन एफ केनेडी र उनका पुत्रको हत्या सम्बन्धि अनुसन्धान फाइल डिस्क्लोज गरिदिने बताएका छन् । उनको हत्या यस्तो समयमा भएको थियो । जुनबेला अमेरिका र इजरायलको सम्बन्धमा चिसो पसेको थियो । हत्यामा इजरायली जासुसी संस्था मोसादलाई शंकाको घेरामा राखिए पनि सम्पूर्ण अनुसन्धानलाई दबाइयो ।
स्मरण रहोस् तत्कालिन अवस्थामा हत्यारालाई पक्राउ गरिए पनि उसलाई अर्को ब्यक्तिले हत्या गर्यो र फेरि दोस्रो हत्याराको पनि हिरासतमै शंकास्पद हत्या भएको थियो । यसप्रकार त्यतिखेर यो मामिला दबाइयो । अहिले यसका विरुद्ध ट्रम्पले दिएको हुंकारले धेरै कुरा संकेत गर्छ । अड्कल गर्दै रहनुहोला ।
जोन एफ.केनेडी बारे केही विवरण :–
जोन एफ.केनेडी (जोन एफ.केनेडी) अमेरिकाको ३५औं राष्ट्रपति थिए । जसको हत्या २२ नोभेम्बर १९६३ मा टेक्सास राज्यको डालास शहरमा भएको थियो । हत्या हुँदा उनी राष्ट्रपति पदमा थिए ।
हत्या कसरी भयो ?
केनेडीको हत्या उनले टेक्सासको डालासमा सवारी जुलुसमा भाग लिँदा भएको थियो । उनी एक खुला गाडीमा पत्नी ज्याकलिन केनेडी र टेक्ससका गभर्नर जोन कोनलीसँग थिए ।
हत्या गर्ने व्यक्ति :
ली हार्भी ओस्वाल्डलाई हत्याको मुख्य दोषी मानिएको छ । उनले राइफल प्रयोग गरेर गाडीमा गोली प्रहार गरेका थिए ।
हत्या पछि घटना :
हत्याको दुई दिनपछि ओस्वाल्डलाई प्रहरी हिरासतमा लिइरहेको अवस्थामा ज्याक रूबी नामक व्यक्तिले गोली हानी हत्या गरे ।
केनेडी र इजरयल बीचको सम्बन्ध :
केनेडीको कार्यकालमा अमेरिका–इजरायल सम्बन्ध जटिल थियो ।
न्युक्लियर कार्यक्रम :
जोन एफ.केनेडीले इजरायलको डिमोना परमाणु प्लान्टको विषयमा गहिरो चासो देखाएका थिए । उनले इजरायललाई खुला रूपमा परमाणु हतियार बनाउन रोक्न र अन्तर्राष्ट्रिय अनुगमनमा राख्न दबाब दिएका थिए । उनले वरिपरीका अरु राष्ट्रहरुसँग सम्बन्ध सुधारको निम्ति पहल गरेका थिए ।
हत्या र षड्यन्त्रको चर्चा :
केनेडीको हत्या एक व्यक्तिले मात्र गरेको कि, यो ठूलो षड्यन्त्र थियो भन्नेबारे अझै बहस भइरहेको छ । कतिपय सिद्धान्तले हत्या र इजरायलको परमाणु विवादबीच सम्बन्ध हुनसक्ने अड्कल लगाएका छन् । केनेडीको हत्या अमेरिकी इतिहासकै सबैभन्दा रहस्यमय घटनाहरूमा पर्छ । इजरायलसँगको सम्बन्धले उनको हत्या सिधा जोडिएको पुष्टि नभए पनि यो राजनीतिक र अन्तर्राष्ट्रिय शक्तिको जटिल खेलको भाग हुनसक्ने ठानिन्छ ।
यो हत्या नेपालमा घटेको राजा वीरेन्द्रको वंशनास र मदन भण्डारी हत्याकाण्ड जस्तै पनि हुनसक्छ । यदि यसमा इजरायलको भूमिका प्रमाणित भयो भने सोच्नुस् के के परिणाम आउलान ? अब तेरा क्या होगा इजरायल ?
पोखरेलको स्टाटसमा पाका कन्युनिष्ट नेता लेखराज रेग्मीले राजनीतिक प्रतिकृया जनाएका छन् । उनी भन्छन्,‘यो सूचना जानकारी नरोदवादको लागि उत्तेजक र समाजवादीहरुको लागि गंभिर छ । अमेरिकी डेमोक्रेसीलाई सर्वोपरी देख्नेहरुको नजरमा यो सूचना घिनलाग्दो प्रचार हुनेछ । तर यत्ति त म भन्न सक्छु, यो ट्रम्पको पपुलर स्लोगन हो, कार्यमूलक नारा होइन । उनी अरबमा नव उदारवादको ढोका बन्द गर्न चाहनेहरुप्रति सकारात्मतक छैनन् र बाइडेनको सामरिक साम्राज्यवाद भन्दा बढी नवउदारवादी हुन् ।
यसकारण इजरायल र युक्रेनले त्यति लाभ लिनसक्ने छैनन् र स्वतन्त्र सम्प्रभु प्यालेष्टाइन पनि बन्नेछैन । यदि सन्तुलित ढंगले नेपाली राष्ट्रवाद र असंलग्न परराष्ट्र नीति विकास गर्न चाहनेहरुको लागि ट्रम्पको भारत–चीन नीति केहि हदसम्म उपयोगयोग्य रहला । तर हाम्रो पत्रु राष्ट्रवाद र लुलो परराष्ट्र नीति भने ट्रम्पको ट्रयापमा नराम्रो गरी फस्ने सम्भावना अलि बढी नै छ ।
अन्तर्राष्ट्रिय सम्बन्धमा ट्रम्पवाद भनेको दक्षिणपन्थी उदारवाद र पश्चिमी पहिचानको आधारमा पश्चिमी प्रभुत्वको पुनर्गठन हो । तर अब मुख्य चिन्ता अमेरिका, मोनरो सिद्धान्त, मध्यान्हको विस्तार, र तत्काल अमेरिकी प्रभाव क्षेत्र भित्र युरोपको समेकन थियो । यो आपत्तिजनक यथार्थवादको नयाँ संस्करण हो, अमेरिकी साम्राज्यवादको एक रूप ।