अमेरिकामा डाेनल्ड ट्रम्प सत्तामा पुग्ने बित्तिकै उनले ग्रिनल्याण्ड, क्यानडा र प्रशान्त महासागर र एटलान्टिक महासागर जाेड्ने पनामा नहर कब्जा गर्ने दाबी गरेका छन् । उनकाे याे भनाइ र याेजनाले अमेरिका महादेशमा निकै हलचल मच्चाएकाे छ ।
उनकाे याे अभिव्यक्तिप्रति क्यानडाले त निकै चर्काे भाषामा विराेध जनाइसकेकाे छ । ट्रम्पले साम्राज्य खडा गर्न खाेज्दैछन कि दुश्मनकाे संख्या बढाउन ? यसकाे पनि समिक्षा हुने नै छ । क्यानडा र ग्रीनल्याण्डकाे बारेमा पछि छलफल गराैंला । तर यसपालि भने पनामा नहरकाे बारेमा जानकारी दिने काेसिस गरेका छाैं ।
पानामा नहर एट्लान्टिक महासागरलाई (क्यारेबियन सागर हुँदै) प्रशान्त महासागरसँग जोड्ने ४८ माइल (७७.१ किमी) लामो मानव निर्मित पानीजहाजी नहर हो ।
अमेरिकाको पूर्वी र पश्चिमी किनारको बीचको दूरी यस नहरबाट जाँदा करिब ८००० मिल (१२,८७५ किमी) कम हुन गयो । पनामा नहर पार गर्न पानीजहाजलाई ८ घण्टाको समय लाग्छ ।
यस नहरको निर्माण १४ अगस्ट १९१४ मा पुरा भएको थियो र १५ अगस्ट १९१४ मा जहाजको आवागमनको लागि खोलियो । १४ अगस्ट २०१४ मा पानामा नहरको निर्माणको १००औं वार्षिकोत्सव मनाइएको थियो । जब यो नहरको निर्माण भयो लगभग प्रतिबर्ष १००० जलपोत पार हुन्छन् र १०० बर्षपछि पनि प्रतिदिन लगभग ४२ जहाज पार हुन्छन् ।
यो नहरलाई यसको इन्जिनियरिङको एक ठूलो उपलब्धि र विलक्षण उदाहरण मानिन्छ । यो नहर एक ताजा पानीको गटुन तालहुँदै पार हुन्छ । यस तालको जलस्तर समुद्र सतहबाट २६ मिटर माथि छ । यसमा जहाज प्रवेश गर्नको लागि तीन लकको निर्माण गरिएको छ । जसमा जलपोतको प्रवेश गराएर र पानी भएर जहाजलाई माथि उठाइन्छ, ताकि जहाज तालहुँदै पार हुन सकोस् ।
यी लकको चौडाई ३५ मिटर छ र यो समकालीन ठूला जलपोतको लागि पर्यात छैन । अतः यसको विस्तारको परियोजना चलिरहेको छ । पनामा नहरलाई अमेरिकन सोसाइटी अफ सिभिल इञ्जिनियर्सले आधुनिक इन्जिनियरिङको सात आश्चर्यमा स्थान दिएको थियो ।
प्रारम्भिक प्रयास :
पनामा नहरको निर्माणको सबै भन्दा पहिलो योजना स्पेनका राजा र पवित्र रोमन साम्राज्यका सम्राट चाल्र्स पाँचौले सन् १५३४ पास गरे । यसको हेतु सर्वेक्षण गर्नका लागि निर्देश जारी गरे ताकि स्पेनी व्यापारी र सेनालाई पोर्चुगीजहरूको भन्दा राम्रो जलमार्ग मिलोस् र यसको लाभ उठाउन सकियोस् ।
स्त्रतेजिक र व्यापारिक हितको महत्व र खोजिएका दुवै महाद्वीपको मध्येस्थित पनामा जलसन्धिको कम चौडाईको बाबजुद यहाँ व्यापारिक मार्ग बनाउने पहिलो प्रयास सन् १६५८ मा स्कटल्यान्ड राज्यद्वारा भयो । जुन एक स्थलमार्ग थियो र खराब पर्यावरणीय परिस्थितिको विषम अवस्थाको कारण यो योजना १७०० मा रद्द गरियो ।
सन् १८५५ मा विलियम कनिश नामक इञ्जिनियरले अमेरिकाको सरकारको लागि काम गर्दा यस इलाकाको सर्वेक्षण गरेर रिपोर्ट प्रस्तुत गरे । पुनः १८७७ मा अरमाण्ड रेक्लस नामक फ्रेन्च सैन्य अधिकारी र लूसियान नेपोलियन नामक इञ्जिनियरले मिलेर नहर निर्माण मार्गको सर्वेक्षण गरे ।
यसको पछाडी फ्रेन्चद्वारा निर्माण गरिएको स्वेज नहर निर्माणको उपलब्धिको उत्साह थियो । फ्रान्सद्वारा यहाँ नहर बनाउने कार्य १ जनवरी १८८१ मा फर्डिनेन्ड डी लेसपको नेतृत्वमा शुरू भयो जो स्वेज नहरका निर्माणकर्ता थिए ।
भूगर्भिक र जलवैज्ञानिक अध्ययन बिना आरम्भ गरिएको यस कार्यमा अन्य कयौं बाधाहरू थिए । जसमा यहाँको असह्य जलवायवीय परिस्थिति र लामखुट्टेको प्रकोपका कारण महामारी तथा अन्य दुर्घटनामा करिब २२,००० जनाको ज्यान गयो ।
अन्ततः १८८९ मा यो निर्माता कम्पनी टाट पल्टियो र फर्डिनेन्ड डी लेसपका छोरा चाल्र्स डी लेसपलाई वित्तीय अनियमितताको आरोपमा (जसलाई पनामा स्क्यान्डल भनिन्छ) पाँच वर्षको कैद सजाय भयो । कम्पनी दामासाहीमा परेपछि काम रोकियो । १८९४ मा दोस्रो एक कम्पनी कुम्पनी नौवेल्ले दू क्यानल डे पनामा बन्यो तर यसको प्रयास पनि सफल हुन सकेन ।
अमेरिकी निर्माण :
पछि अमेरिकी सरकारले कोलम्बिया सरकारसँग सन्धि गरेर यस क्षेत्रको अधिग्रहण गर्यो र १९०४ मा अमेरिकी इन्जिनियरले काम सुरु गरे । जसमा यस नहरलाई तीन लकको बनाउने कामको शुरूआत भयो ।
अमेरिकिहरूको धेरै ध्ययन र लागानी पछी १९१४ मा यसको निर्माण पुरा भयो । एक नजरबाट हेर्दा वास्को डी बिल्बोयाद्वारा पनामा जाला डमरु पारगर्न सुरु गरेको लगभग ४०० वर्षको उपरान्त यस नहरको निर्माण भयो । यस प्रोजेक्टमा अमेरिकी सरकारले लगभग ४३७५ मिलियन खर्च गर्यो ।
सारा परिवर्तन, विवाद र अन्तराष्ट्रीय व्यापारमा यसको निष्पक्ष स्थिति कायम गरिराख्ने उद्देश्यले लगभग ८० किलोमीटर लामो यस नहरको प्रशासन ३१ डिसेम्बर १९९९ मा पनामालाई सुम्पिइयो ।
संचालन :
संचालनको मामिलामा यो नहर अद्वितीय छ । किनकी यो नहर दुनियाँमा एक मात्र यस्तो जलमार्ग हो जहाँ कुनै पनि जहाजको क्याप्टेन आफ्नो जहाजको पुरै नियन्त्रण पनामाको स्थानीय विशेषज्ञ क्याप्टेनलाई हस्तान्तरण गर्छ ।
प्रशान्त र आन्ध्र महासागरको घाँटी बनेको यो नहर पार गर्नको लागि हजाराैं टन भारी जहाजलाई लक प्रणालीमा पानी भरेर ८५ फुट माथि उठाइन्छ । पुरै लक प्रणालीलाई पार गर्नको लागि पहिले जहाजलाई सबै भन्दा तलको लकमा ल्याइन्छ । त्यसपछि लकलाई बन्द गरेर पानी भरिन्छ । यसरी पानीबाट जहाज माथि उठ्छ ।
त्यसपछि भारी र निकै शक्तिशाली लोकोमोटिभ इञ्जनले जहाजलाई पहिलाेबाट टक्कर हुनबाट बचाउन तानेर दोस्राे लकमा लैजान्छ । फेरि दोस्रो लकमा पनि यही काम दोहोरिन्छ । पानी भरिन्छ, जहाजलाई तानिन्छ र अगाडी बढ्छ । तीन लकद्वारा माथि उठेपछि जहाज ताजा पानीको कृत्रिम ताल, गटुन तालहुँदै पार हुन्छ । दोस्रो छेउमा पुगेपछि फेरि यसै प्रक्रिया ८५ फिट तल गएर महासागरमा उतारिन्छ ।
यहाँ यातायात प्रबन्धको लागि पूर्णतया कम्प्यूटरीकृत सिस्टम लगाइएको हुन्छ । जसबाट यस नहरबाट पार हुने जलपोतको संचालन सुविधाजनक ढंगबाट गर्न सकिन्छ ।
अब आजको डोनल्ड ट्रम्प नेतृत्वको अमेरिका यो नहर कब्जा गर्न र यसबाट हुने सम्पूर्ण व्यापार तथा पारवहन प्रणली नै नियन्त्रण लिएर संसार भरीका देश तथा व्यापारीहरुले सोही नहरबाट पानीजहाज वारपार गर्ने र गराउने भएकोले त्यसबाट बढी कर लगाएर धन कमाउन चाहन्छ । र सबैलाई आफ्नै अधिनमा राख्न चाहन्छ ।
उता चीनको सहायतामा निकारागुआमा पनि नहर बनाउने योजना हुँदैछ । यद्यपि यो नहर बनाउने प्रोजेक्टको पर्यावरणविद समुदायबाट निकै बिरोध भैरहेको छ र यो पनि अनुमान गरिएको छ कि यसमा खर्च निकै धेरै र आम्दानी कम हुन्छ ।