• पुष २२ २०८१, सोमबार

२०२४ मा नेपाली खेलकुद : पारालिम्पिकमा ऐतिहासिक पदक, क्रिकेट विश्वकपमा पुनरागमन

पुष १६ २०८१, मंगलवार

सन् २०२४ मा नेपाली खेलाडीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरे । तीमध्ये केहीले उपलब्धी हासिल गरे भने केही सहभागितामै सीमित भए । २०२४ मा नेपाली खेलकुद : पारालिम्पिकमा ऐतिहासिक पदक, क्रिकेट विश्वकपमा पुनरागमन १६ पुस, काठमाडौं । आज मंगलबार, अंग्रेजी वर्ष २०२४ को अन्तिम दिन । २०२५ लाई स्वागत गर्न तयारी गर्दै गर्दा सबै क्षेत्रमा सन् २०२४ को समीक्षा पनि चलिरहेको छ । सन् २०२४ मा नेपाली खेलाडीले थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरे ।

तीमध्ये केहीले उपलब्धी हासिल गरे भने केही सहभागितामै सीमित भए । क्रिकेटमा पुरुषको सिनियर टिमले १० वर्षपछि टी–२० विश्वकप र यू–१९ टोलीले ८ वर्षपछि एकदिवसीय विश्वकप यसै वर्ष खेल्यो । यसैगरी, यू–१९ महिला टिमले पनि एसिया क्षेत्रको उपाधि जित्दै २०२५ मा हुने यू–१९ महिला टी–२० विश्वकपमा स्थान बनायो । पेरिस ओलम्पिक र पेरिस पारालिम्पिक पनि यही वर्ष भयो । पलेशा गोवर्धनले पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक जितिन् । यसबाहेक भलिबल फुटबल र अन्य विभिन्न खेलकुदमा नेपाली खेलाडीहरूले सहभागिता जनाए । विभिन्न पदकहरू प्राप्त गरे ।