• पुष १३ २०८१, शनिबार

नाकबाट पानी बगिरहनुका कारण

पुष १२ २०८१, शुक्रबार

नाकमा संक्रमण भएमा, नाकमा चोट लागेमा, मासु पलाएमा पनि यस्तो समस्या हुन्छ।

नाकबाट पानी बग्नु नाकको सामान्य समस्याले मात्र नभई मस्तिष्कको कारणले पनि हुन सक्छ।
तर, यस्तो समस्या १ सयमा १ जनालाई हुन्छ। टाउकोमा चोट लागेको छ भने पनि नाकबाट पानी बग्ने समस्या देखिन्छ।नाकको सम्बन्ध मस्तिष्कको अघिल्लो भागसँग हुन्छ। मस्तिष्क ९गिदी० को अघिल्लो भागलाई ‘फ्रन्ट लो’ भनिन्छ, त्यहाँ चोट लाग्यो, संक्रमण भयो, ट्युमर पलायो भने पनि नाकबाट पानी बगिरहन्छ। त्यो गिदीको पानीलाई सिएसएफ ९सेरेब्रल स्पाइनल फ्लुइड० भनिन्छ। गिदीको पानी नाकबाट बग्नुलाई सिएसएफ राइनोरिह्या भनिन्छ। धेरैजसो हेड इन्जुरी भएको अवस्थामा यस्तो समस्या देखिन्छ।