महिनावारीको सुरुवाती र सुक्ने वर्षमा भएको सुरुवातको केही वर्षमा महिनावारी छिटो वा ढिलो हुने, गडबड हुने हुन्छ ।
हार्मोनको समस्या, परिवार नियोजनका साधनको प्रयोग, रगतसम्बन्धी रोग, अण्डाशय, तनाव, पाठेघरसम्बन्धी समस्या भएका कारण पनि महिनावारी अनियमित हुन्छ । धेरै मोटोपन भएका महिलामा पनि महिनावारी अनियमित हुन सक्छ ।