मोबाइल फोनको स्क्रिनबाट निस्किने निलो प्रकाशले तपाईंको आँखामा गहिरो असर पार्दछ ।
जब तपाईं बिहान उठ्ने बित्तिकै मोबाइल हेर्नुहुन्छ तब तपाईंको आँखा पूर्ण रुपमा आरामको स्थितिमा हुँदैन र स्क्रिनबाट निस्किने निलो प्रकाशले आँखामा सिधा दबाब पार्दछ । यसबाट आँखामा थकान, सुख्खापन तथा धमिलोपनको समस्या बढ्दछ ।