• मंसिर २० २०८१, बिहीबार

हातखुट्टा झमझमाउनुका कारण

मंसिर १८ २०८१, मंगलवार

स्वस्थ शरीरका लागि पर्याप्त पोषक तत्वको जरुरी हुन्छ ।

यसको कमीले शरीरका नसाहरु कमजोर हुने भएकाले झमझमाउने समस्या हुन्छ ।लामो समयसम्म एउटै पोजिसनमा बस्दा पनि हातखुट्टा झमझमाउन सक्छ । कहिलेकाही झमझमाउनु सामान्य भएपनि दिनमा पटक पटक नै यस्तो हुन्छ भने चाँडो परीक्षण गराइहाल्नुपर्छ ।

शरीरमा रक्तसञ्चार सामान्य नहुँदा हातखुट्टा झमझमाउन सक्छ । शरीरमा रक्तसञ्चार नहुनु वा अवरोध भएमा यसले स्नायुमा असर पार्छ, जसकारण शरीरका धेरै भागमा अक्सिजन पुग्दैन ।

यीबाहेक हातखुट्टा झमझमाउने कारण विभिन्न रोगको संकेत हुन सक्छ । थाइराइड, हातखुट्टामा झुकेर काम गर्दा नसा च्यापिनु, मिर्गौला, मधुमेहका बिरामीमा पनि लक्षणको रुपमा हातखुट्टा झमझमाउनु एक संकेत हो ।

मिर्गौलाका समस्या भएका व्यक्तिमा प्रत्यक्ष असर स्नायुमा पर्छ, जसकारण स्नायु कमजोर हुन्छ । मिर्गौला फेल हुँदा पनि शरीरमा केही तरल पदार्थ जम्मा हुन थाल्छ, जसले स्नायुमा नराम्रो प्रभाव पार्छ र हातखुट्टा झमझमाउने हुन थाल्छ ।
त्यस्तै, महुमेहका बिरामीमा झमझम हुनु एक लक्षण हुन सक्छ । मधुमेह रोगीको शरीरमा रगतमा चिनी र इन्सुलिन बढ्न थाल्छ, जसले स्नायुमा असर गर्छ । मधुमेह अनियन्त्रित हुँदा बारम्बार यस्तो महसुस हुन्छ । यसैगरी बाथरोगका बिरामी, डिप्रेसन वा एन्जाइटीको समस्या भएकालाई पनि हातखुट्टा झमझझाउने समस्या देखा पर्न सक्छ ।