• मंसिर १७ २०८१, सोमबार

म्यानचेस्टर सिटी लगातार सातौं खेलमा जितविहीन

मंसिर १७ २०८१, सोमबार

१७ मंसिर, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार चौथो हार व्यहोरेको छ । आइतबार भएको खेलमा लिभरपुलसँग २९० को हार व्यहोरेको सिटी समग्रमा लगातार सातौं खेलमा जितविहीन बनेको छ । लिभरपुलको जितमा कोडी गाक्पो र मोहमद सालाहले एक–एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्याे । खेलको १२औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले पछाडि परेको सिटीले दोस्रो हाफमा पनि गोल फर्काउन सकेन । ७८औं मिनेटमा सालाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलको २९० को जित पक्का गरे । जितसँगै लिभरपुलको १३ खेलमा ३४ अंक भएको छ र शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ । दोस्रो स्थानको आर्सनलको २५ अंक छ । सिटीको १३ खेलमा २३ अंक मात्र छ । सिटी गत अक्टोबर अन्तिममा इएफएल कपको अन्तिम १६ मा टोटनहामसँग पराजित भएको थियो ।

त्यसपछि प्रिमियर लिगमा बर्नमाउथसँग हार व्यहोरेको च्याम्पिन्स लिगमा स्पोर्टिङसँग पराजित भयो । त्यसपछि प्रिमियर लिगमा ब्राइटन र टोटहामसँग स्तब्ध बनेको सिटीले च्याम्पियन्स लिगमा फेयेनोर्डसँग बराबरी खेलेको थियो । अनि लिभरपुलसँग आइतबार रातिको खेल पनि गुमायो ।