• मंसिर १५ २०८१, शनिबार

पावर प्लेमा जनकपुरले कटायो ५० रन

मंसिर १५ २०८१, शनिबार

मंसिर १५, काठमाडौं । नेपाल प्रिमिय लिग (एनपीएल)को उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले पावर प्लेमा ५० रन कटाएको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याइरहेको जनकपुरले ६ ओभरमा दुई विकेट गुमाएर ५२ रन बनाएको छ ।

जनकपुरबाट हाल क्रिजमा रहेका लहिरु मिलान्थाले २२ र हर्ष थाकेरले पाँच रन बनाएका छन् । जनकपुरले ओपनरद्वय आसिफ शेख र कप्तान अनिल साहलाई क्रमशः शून्य र पाँच रनमा गुमाएको थियो ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको विराटनगरले १० ओभरमा सबै विकेट गुमाएर १२७ रन बनाएको थियो ।