• फाल्गुन २४ २०८२, आईतवार

बुद्धि बङ्गाराले पीडा दिनुका कारण

मंसिर १२ २०८१, बुधबार

बुद्धि बङ्गाराको प्रयोग परापूर्व कालमा हाम्रा पूर्वजहङले काँचो मासु चपाउन, जङ्गली खानेकुरा खान उपयोग गर्दथे।

मानव जातीको विकास क्रममा खाने कुरामा परिवर्तन हुँदै जाँदा बुद्धि बङ्गाराको कम प्रयोग हुन थाल्यो। जसकारण आजसम्म आइपुग्दा यसको प्रयोग भएको खासै देखिन्न। त्यसैले आजकल यी दाँत उम्रन मुखभित्र ठाउँ नपाएको देखिन्छ।

कहिले गिजाभित्र त कहिले हड्डि भित्र लुकेर बसिदिन्छ। यसो हुनुमा मानिसको दाँत हुने स्थान सानो हुँदै जानु मुख्य कारण मानिन्छ। यसको सदुपयोग नहुनाले आजकल यसलाई भेस्टिजिल अर्गनमा पनि गनिन्छ। यसरी दाँतको गिजाभित्र खानेकुरा त्यहाँ फस्छ। खानेकुरा फसेपछि मुख भित्र रहेको किटाणु सक्रिय हुन्छ र त्यही खानेकुरा कुहिएर सङ्क्रमण सुरु हुन्छ।

सुरुसुरुमा गिजा सुन्निे, ज्वरो आउने हुन्छ र पछि पिप जम्ने, मुख खोल्न नसक्ने हुन्छ र खान पिउन गाह्रो सक्छ। कहिले कहिले सास फेर्न पनि गाह्रो हुन सक्छ। गिजा पाक्ने अवस्थालाई पेरिक्रोनाइटिस भनिन्छ र सङ्क्रमण फैलिँदा त्यसलाई स्पेस इन्फेक्शन भनिन्छ।