मंसिर ९, काठमाडौ. । भारतीय विकेटकिपर ऋषभ पन्तलाई आईपीएलको लिलामीमा लखनऊ सुपर जाइन्ट्सले २७ करोड भारुमा अनुबन्ध गरको छ । योसँगै ऋषभ आईपीएल इतिहासमा अहिलेसम्मका सबै रेकर्ड तोड्दै सबैभन्दा महँगा खेलाडी बनेका छन् ।
यसअघि सोही लिलामीमा श्रेयस अय्यर २६.७५ करोड भारु लिएर सबैभन्दा महँगा खेलाडी भएका थिए । उनलाई पञ्जाब किंग्सले अनुबन्ध गरेको हो ।
ऋषभ गत आईपीएल सिजनमा दिल्ली क्यापिटल्सका कप्तान थिए । कार दुर्घटनाका कारण उनले एक वर्षभन्दा बढी समय खेल मैदानबाट टाढा बस्नुपरेको थियो ।