नयाँ दिल्ली । पञ्जाबी गायक गैरी संधूमाथि अष्ट्रेलियामा हमलाको प्रयास भएको छ । अष्ट्रेलियामा स्टेज शो गरिरहँदा संधूमाथि आक्रमणको प्रयास भएको हो ।
प्राप्त जानकारीका अनुसार आक्रमणकारी कार्यक्रमको क्रममा स्टेजमा चढेर गैरीको कलर समातेका थिए । त्यही क्रममा त्यहाँ उपस्थित सुरक्षाकर्मीले उनलाई बचाए र आक्रमणकारीलाई नियन्त्रणमा लिएका छन् ।
गीत गाउँदै गर्दा गैरीले श्रोतातर्फ औँला तेर्साएर अश्लील इशारा गरेका थिए । यसबाट आक्रोशित भएका ती युवकले स्टेजमा चढेर उनीमाथि आक्रमण गरे । यस क्रममा युवक र गैरीबिच निकै चर्काचर्की र गालीगलौज भएको बताइएको छ ।