• मंसिर १ २०८१, शनिबार

‘सारा खुशी’ मार्फत् नवीन प्रस्तुती लिएर आए कलाकार बिजेन्द्र नौबागे

मंसिर १ २०८१, शनिबार

काठमाडौं । भनिन्छ जीवनमा खुशी, हाँसो भने रोदन र धोका पनि छ । यही सत्यलाई आत्मसात गर्दै हजारौं सिर्जना गरिएका छन् ।
यसै मामिलामा सर्जक तथा कलाकार बिजेन्द्र नौबागेको आफ्नै धारणा छ । उनी आफ्नो नविनतम प्रस्तुति लिएर बजारमा आएका छन् ।

नौबागेको शब्द तथा अभिनय रहेको ‘सारा खुशी’ बोलको म्यूजिक भिडियो हिजो सार्वजनिक भएको छ । काठमाडौंको बागबजारस्थित लम्साल साउलकुल रेष्टुरेन्टमा भएको एक कार्यक्रमकाबिच सो म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक कार्यक्रममा जनआकाश मिडियाका अध्यक्ष मोहन कार्कीको प्रमुख अतिथि थिए भने संगीतकार तथा कलाकार माधव भण्डारी, वरिष्ठ भिडियो सम्पादक प्रेम शर्मा पौडेल लगायत विभिन्न मिडियामा आबद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रेम सम्बन्धमा बाँधिएका युवाहरूको माया अनि धोका दिएको कथालाई आधार बनाइएको भिडियोमा सकारात्मक प्रतिक्रिया आइरहेको छ । जसबाट निर्माण टिम उत्साहित छ ।

यस भिडियोमा कलाकारहरु अस्मिता पुरी, दिलिप ढकाल बिजेन्द्र नौबागेको मूख्य भुमिका रहेको छ । गीतमा चर्चित गायक रुपक डोटेलको अत्यन्तै मौलिक स्वर सुन्न सकिन्छ । यो गीतको भिडियो सम्पादन प्रेम शर्मा पौडेलले गरेका हुन् ।

यस गीतको म्युजिक भिडियो एक्टिभ इन्टरटेन्टमेन्ट प्रा।लि।को अफिसियल च्यानलमा हेर्न सकिनेछ । यस गीतका सर्जक तथा कलाकार बिजेन्द्र नौबागे भन्छन् ‘मानिसको मनमा धोकाले चसक्क बिझेपछि त्यो भाव गीत बन्छ, गजल बन्छ । मैले त्यही बिझाईलाई अक्षरमा लेखें । न्याय गर्नसक्छु भनेर अभिनय गरें । जोजोले यो भिडियो हेर्नु भएको छ, बिजेन्द्रजी राम्रो गर्नुभएको रहेछ भन्दै मलाई उत्साह भरिरहनु भएको छ । हामी निर्माण पक्ष उत्साहित छौं ।’