• मंसिर ११ २०८१, मंगलवार

नेपालले इंग्ल्याण्डलाई हङकङको मैदानमा ६ विकेटले पराजित गर्यो

कार्तिक १६ २०८१, शुक्रबार

काठमाडौं । नेपालले ‘हङकङ सिक्सेस’को पहिलो खेलमा इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको छ ।

हङकङको मोङ ककमा आज भएको खेलमा ९८ रनको लक्ष्य पच्छ्याएको नेपालले चार दशमलव दुई ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । नेपाली टोलीका कप्तान सन्दीप जोराले सर्वाधिक ५० रनको योगदान दिए ।

उनले १२ बलमा चार चौका र ६ छक्काको सहयोगमा सर्वाधिक ५० रन बनाएका हुन् । लोकेश बमले ११ बलमा एक चौका र दुई छक्काको सहयोगमा २० रन बनाए । राशिद खानले पाँच बलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङल्याण्डले पाँच दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।  इङल्यान्डका लागि कप्तान रवि भोपाराले १२ बलमा एक चौका र सात छक्काको सहयोगमा ४९ रन जोडे ।

स्मिथ पटेलले १७ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ३९ रन बनाए । नेपालका प्रतिश जिसीले दुई विकेट लिए भने नारायण जोशी, लोकेश बम र विवेक यादवले समान एक–एक विकेट लिए । नेपालले भोलि अष्ट्रेलियासँग खेल्नेछ ।