काठमाडौं, कात्तिक १४ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेल सुरू भएको छ ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच फाइनल खेल सुरू भएको छ । खेलाडीको हौसला बढाउन प्रधानमन्त्री केपी शर्मा ओली पनि रंगशाला पुगेका छन् ।
रंगशालामा आज साँझ साढे ६ बजेदेखि खेल सुरू भएको हो । त्यस्तै, दर्शकहरू पनि खेलाडीको हौसला बढाउन नेपालको झन्डा र जर्सी लगाएर रंगशाला पुगेका छन् ।