• मंसिर ११ २०८१, मंगलवार

नेपाल र बंगलादेश बीचको खेल हेर्न दशरथ रंगशालामा टिकट लिनेको भीड

कार्तिक १४ २०८१, बुधबार

१४ कात्तिक, काठमाडौं । दक्षिण एशियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को फाइनलमा आज बंगलादेश र नेपाल भिड्दैछन् ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साँझ पौने सात बजे सुरु हुनेछ । खेलका लागि एन्फाले भौतिक रुपमा नै बुधबार टिकट बिक्री वितरण गरेको छ ।

अनलाइनबाट टिकट बिक्री गर्दा समस्या भएको र क्षमताभन्दा बढि बिक्री भएको पाइएपछि एन्फा आफैले बुधबार बिहानैबाट टिकट बिक्री गरेको हो । फाइनल खेल हेर्नका लागि टिकट लिनका लागि दर्शकहरू रातीदेखि नै लाइनमा लागेका थिए ।

जावलाखेल खेल मैदान र भद्रकालीको स्थिति आर्मी हेडक्वाटर पछाडि सयौं दर्शकहरू टिकट काट्नका लागि लाइन बसेका थिए ।
फाइनल खेलमा सुरक्षालाई ध्यानमा राख्दै एन्फाले केहि वस्तु दशरथ रंगशाला भित्र लान निषेध गरेको छ । प्रहरीले लाइनमा लागेका दर्शकलाई माइकिङ गरेर दशरथ रंगशाला प्रवेश प्रतिबन्धित सामग्रीका बारेमा जानकारी गराएका थिए । फाइनल खेलमा पानीको बोतल समेत निषेध गरिएको छ ।