• कार्तिक ७ २०८१, बुधबार

एसियन कप छनोट आजबाट सुरु, जापानसंग भिड्दै नेपाल

कार्तिक ७ २०८१, बुधबार

काठमाडौँ । एएफसी यू-१७ एसियन कप छनोट आजबाट सुरु हुँदैछ । खेल कतारको हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ । उद्घाटन खेलमा नेपालले पहिलो खेल साविक विजेता जापानसँग खेल्दैछ ।

नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ । जहाँ नेपालसँगै पूर्वविजेता जापान, कतार, र मंगोलिया जस्ता बलिया टोली छन् ।

जापान, जसले यस प्रतियोगितामा चार पटक उपाधि जितिसकेको छ, समूहको सर्वाधिक बलियो टोली हो । यस्तै, कतारले पनि एक पटक प्रतियोगितामा विजयी भएको टोली हो । मंगोलियालाई कमजोर टोली मानिए पनि उसले यसपटक कडा चुनौती दिने अनुमान गरिएको छ ।

नेपालले दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग हुनेछ ।