• कार्तिक ७ २०८१, बुधबार

तिलक रोका र तुलसी घर्तीको स्वरमा रहेको ‘सान्नानीको रुमालै फरर’ बजारमा

कार्तिक ६ २०८१, मंगलवार

काठमाडौं । हास्यकलाकार कलाकार तिलक रोकामगरको लोकदोहोरी गीत ‘सान्नानीको रुमालै फरर’ बजारमा आएको छ । गीतमा माया र प्रेमको प्रसंग देखाइएको छ ।

गीतमा घुम्दै फिर्दै जाँदा भेट भएकी सान्नानीसित रमाइलो गर्दै माया लगाएको सन्दर्भ भेट्न सकिन्छ । गीतमा तिलक रोका र तुलसी घर्तीको सुमधुर स्वर रहेको छ । गीतकाे म्यूजिक भिडियाेमा गायक तिलक पनि खेलेका छन्। गीतको भिडियोमा चर्चित र नयाँ कलाकारहरुको संयोजन गराइएको छ । संगीत फिल्म युटुबमा याे गीत हेर्न सकिनेछ ।