• कार्तिक ६ २०८१, मंगलवार

शरीरमा जवानी कसरी कायम राख्ने ? 

कार्तिक ६ २०८१, मंगलवार
 खानका लागि प्राणीलाई प्रकृतिले प्रशस्त मात्रामा अमूल्य खाद्यान्न तथा फलफूल दिएको छ । ती अन्न तथा फलफूलका आआफ्ना विशेषताहरू छन् । कुनै प्रोटिन प्रधान छन् त कुनै भिटामन वा कार्बोहाइड्रेट वा बोसो प्रधान छन् ।
त्यस्तै कुनै सात्विक छन् त कुनै राजसिक वा तामसिक पनि छन् । चामल, गहुँ, मुँग, मकै आदि अन्न, लौका, फर्सी, करेला, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारी, सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफूलहरू आदि सात्विक भोजनका साथै सन्तुलित भोजन पनि हन्, जसमा प्रोटिन्स, कार्बोहाइड्रेट, फ्याट्, भिटामिन तथा मिनरल उपलब्ध हुन्छन् । मानिसलाई चाहिने भोजन पनि यस्तै हो ।
धेरै अन्न र फलफूलमध्ये केही विशेष अन्न तथा फलफूलले अरूभन्दा बढी नै उर्जा दिन्छन् । यसले शरीरमा ताकत ल्याउँछ भने दिमागमा मेमोरी बढाउँछ । त्यसैले यी खानालाई ब्रेन फूड वा सुपर फूड् पनि भनिन्छ । ती सुपरफूडको चर्चा यस प्रकार छ :
जमुना :
जमुना सबैले देखेको तथा खाएको फल हो । तर यो जमुना ब्रेन–फ्रेण्डली फल हो । वास्तवमा वर्षा ऋतुमा प्रशस्त मात्रामा पाइने जमुना मानिसको लागि ज्यादै उत्तम फल हो । जमुनाले रक्त शोधन गर्दछ । चेहरालाई चमकदार बनाउँछ र चिडचिडापन हटाउँछ । यसले उदरविकार हटाउँछ । मेमोरी बढाउँछ र बुद्धिलाई तीव्र बनाउँछ । त्यसैले वर्षा ऋतुमा जमुना पाउँदासम्म नास्ताको रूपमा जमुना सेवन गर्नु ज्यादै उत्तम हुन्छ ।
पालुंगो :
बुद्धिलाई तीब्र पार्ने तथा दिमागलाई दुरूस्त राख्ने खाद्यन्नको पालुंगो हो । यो प्रकृतिको वरदान पनि हो । पालुंगो ‘बे्रन टनिक’ हो । मस्तिष्कको लागि यो भन्दा उपयुक्त अर्को हरियो सागतपात छैन । पालुंगोलाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ । यसलाई सलादको रूपमा प्रयोग गर्न सकिन्छ । तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ । सुप बनाएर पनि पिउन सकिन्छ ।
पालुंगो स्वादिलो हुँदैन, तर यसको सेवनले मनलाई फ्रेश बनाउँछ, मस्तिष्कलाई ताकत दिन्छ । यो एक महत्वपूर्ण ब्रेन टनिक हो भन्ने कुरा पोषणविज्ञहरूले हालसालै प्रमाणित गरिदिएका छन् । त्यसैले हिजोआज विदेशमा पालुंगोको सेवन ह्वात्तै बढेको छ ।
अमला :
फलहरूमा अमला एक सर्वोत्तम फल हो । अमलामा भिटामिन सीको अनन्त भण्डार हो । यो दिव्य अमृत फलले हाड, दाँत र गिँजालाई मजबुत बनाउँछ । अनुहारको कान्ति बढाउँछ र कपाललाई पाक्न दिँदैन । यसले नेत्रज्योति बढाउनुका साथै मस्तिष्कलाई ऊर्जा दिन्छ । मस्तिष्क शक्ति तथा स्मरण शक्ति बढाउँछ । बुद्धिलाई तीब्र बनाउँछ र शरीरमा बल–वीर्यको बृद्धि गराउँछ ।
यसले हाई ब्लड–प्रेशर, हृदय रोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, स्नायु रोग, चर्म रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जण्डिस, टी.बी., पिसाब तथा हड्डीका रोगहरूलाई ठीक पार्न सहयोग गर्दछ ।
अमला त्रिदोषनाशक फल हो, एउटा अर्को बे्रन टनिक हो । अमलामा पाइने एंटी–अक्सिडेन्ट इन्जाइमले बुढोपनालाई रोक्दछ । अमलामा जति रोग–प्रतिरोधक, रक्त–शोधक तथा बल–वीर्यबद्र्धक तत्वहरू पाइन्छ, त्यति संसारको कुनै पदार्थ तथा औषधिमा पाइँदैन । त्यसैले कुनै न कुनै रूपमा प्रतिदिन २–४ वटा अमला सेवन गर्नु पर्दछ । अमलालाई अनेकौँ तरिकाले प्रयोग गर्न सकिन्छ । जस्तैः काटेर सलादको रूपमा, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि सेवन गर्न सकिन्छ । तर बिहानको नास्तामा २–४ वटा अमलाको मुरब्बा सेवन गर्नु सर्वोत्तम हुन्छ ।
स्ट्राबेरी  :
अमला जस्तै स्टा«बरी अर्को महत्वपूर्ण फल हो । रातो तथा मीठो यो फलले मस्तिष्कलाई चुस्त–दुरूस्त राख्दछ । कालो अंगुर, किशमिस, गाजर तथा बन्दगोपी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्दछन् । त्यस्तै गरी बदाम  तथा ओखर त बे्रन टनिक नै हुन् । ओखरको त रूप–रंग नै ब्रेन जस्तै हुन्छ ।
बदाम (आलमन्ड) :
बदाम (आलमन्ड) बे्रन फूडको राजा हो । बदाममा शरीरलाई आवश्यक सबै पोषक तत्वहरु हुन्छन । बदाम मस्तिष्कका लागि निकै लाभदायक हुन्छ । बदाम दुई प्रकारका हुन्छन्, मीठो र अलि तितो । मीठो कागजी बदाम नै स्वास्थ्यवद्र्धक हुन्छ ।
बदाम बालक, जवान तथा बृद्ध सबैका लागि उत्तिकै उपयोगी हुन्छ । बदामलाई पानीमा भिजाएर, बोक्रा हटाइ पिसेर लेप बनाइ दूधसँग खानु उत्तम हुन्छ । बदामको दूध तथा बदामको तेलले स्मरणशक्ति तथा नेत्र ज्योति बढाउँछ । बदाम ‘आई टनिक’ पनि हो ।
ओखर (वालनट) :
बदाम(आलमन्ड) जस्तै ओखर(वालनट) पनि बे्रन टनिक हो । ओखरको त रूप–रङ नै ब्रेन जस्तै हुन्छ । तर बदाम र ओखर नेपालमा पाइँदैन । तर सम्भव भएसम्म नास्ताको रुपमा बदाम तथा ओक्खर खाने गर्नुपर्छ ।
अङ्कुरित गेडागुडी :
अंकुरित गेडागूडी त अमृत भोजन नै हो । शरीरशास्त्री भन्दछन्, जबसम्म शरीरका कोषहरूको निर्माण तथा पुनर्निर्माण ठीक–ठीक रूपमा भैंरहन्छ, तबसम्म बुढ्यौली आउँदैन, शरीर युवा र मजबुत बनिरहन्छ । तर जब कोषहरूको निर्माण तथा पुनर्निर्माणको प्रक्रियामा बिघ्न–बाधा पर्दछ, तब कोषहरूको निर्माण र पुनर्निर्माणको गति ढिलो तथा मन्द हुन पुग्दछ, तब शरीर बूढो तथा कमजोर हुन थाल्दछ ।
तर यदि भिटामिन ई, भिटामिन सी तथा कोलीन– यी तीन भिटामिनहरू पर्याप्त मात्रामा प्रतिदिन भोजनको माध्यमबाट शरीरलाई उपलब्ध हुन्छन् भने शरीरमा कोषहरूको निर्माण तथा पुनर्निर्माण प्रक्रिया ठीक ढंगबाट चल्दछ ।
जबसम्म यो प्रक्रिया ठीक–ठीक चल्दछ, तबसम्म बुढ्यौली आउँदैन । हो, प्रकृतिको नियम अनुसार बूढोपना निश्चित छ । त्यसैले बुढ्यौली आउँछ, तर यी भिटामिनहरू सवेन गर्ने हो भने ढिलो आउँछ । जस्तो कि ६० वर्षको बूढो पनि ४० वर्षको जवान लाग्दछ । मजाको कुरा के उपर्युक्त भिटामिनहरू अंकुरित गेडागुडीमा पाइन्छन् । त्यसैले बिहानको नास्तामा अंकुरित गेडागुडी खानु सुनमा सुगन्ध थपेजस्तो हुन्छ ।
अन्य बे्रन फूड्स :
स्याउ, लहसुन, कालो अंगुर, कुरिलो, किसमिस, गाजर तथा बन्दगोपी आदिले पनि मस्तिष्कलाई पोषण तथा ताकत प्रदान गर्दछन् । पिपलको फल पनि मस्तिष्कका लागि निकै उपयोगी हुन्छ । त्यसैले पिपलको मौसममा पिपलको फल खानु निकै राम्रो हुन्छ । यसका साथै काँक्रो, लौका, फर्सी तरभुजा तथा खरभुजाको बिउ पनि बे्रन फुड मानिन्छन् ।
आयुर्वेदका अनुसार लहसुन तामसिक पदार्थ हो । तर यसको औषधिय गुणहरु धेरै छ । लहसुनले ब्लड प्रेसर घटाउँछ । रगत सफा गर्छ, कोलोस्ट्रोल घटाउँछ । कग्निटिभ क्रियालाई प्रभावकारी बनाउन सहयोग गर्छ ।
दूध तथा मक्खन :
दूधको महत्व त धेरैलाई थाहा नै छ । आमाको दूधजस्तो पोषक तत्व संसारमा अर्को छैन । गाई–भैंसीको दूध पनि अमृत हो । दुधले शरीरलाई ऊर्जा दिन्छ । मस्तिष्कलाई ताकत दिन्छ, नियमित दूध सेवन गर्ने हो भने मस्तिष्क शक्ति तथा स्मरणशक्ति बढ्दछ ।
दूधमा पनि स्थानिय गाईको दूध सर्वोत्तम हुन्छ । दूध जस्तै मक्खनले पनि मस्तिष्कलाई ताकत दिन्छ, भनिन्छ, महाभारतका श्रीकृष्ण ज्यादै तीक्ष्ण बुद्धिका थिए, उनले सानै देखि चोरी–चोरी मक्खन खाने गर्दथे, मक्खन श्रीकृष्णको प्रिय भोजन थियो ।
पुछारमा :
अतः यस्ता पौष्टिक स्वास्थ्यवद्र्धक अन्न तथा फलफूलहरू नै बे्रन फुड हुन् । सुपरफुड हुन् । ब्रेन फुड तथा सुपर फुडको लिष्ट लामो छ । प्राकृतिक सुपरफुड मस्तिष्कका लागि मात्र होइन मुटु लगायत शरीरका हरेक अंगहरुका लागि पनि उत्तिकै लाभदायक हुन्छन् । सुपाच्य पनि हुन्छन् । त्यसैले बालकदेखि बृद्धसम्मले सुपरफुड सेवन गर्नु भनेको नै रोगलाई टाढा भगाउनु हो, जीवनलाई स्वस्थ र सफल बनाउनु हो ।