• कार्तिक ६ २०८१, मंगलवार

महिला साफ च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपालको अग्रता

कार्तिक ५ २०८१, सोमबार

काठमाडौं । महिला साफ च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालले अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको खेलको पाँचौं मिनेटमा नेपालले अग्रता लिएको हो ।

नेपालका लागि प्रीती राईले गोल गरेकी हुन् । सेमिफाइनल पुग्नका लागि नेपालले जित्नैपर्ने दबाब छ । यसअघि पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरी खेलेको थियो ।