२१ असोज, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनमा काठमाण्डु गुर्खाज सबैभन्दा कमजोर देखिएकोछ । आइतबार सम्पन्न अक्सनमा काठमाण्डु ले टी–२० विशेष र स्टार खेलाडी नपाएपछि कमजोर बनेको हा । वसन्त शाही मुख्य प्रशिक्षक रहेको काठमाडौं सुरुवातमा केही मौन बसेको थियो। तर, पछि अक्सनमा बोली लगाएपनि लक्की ड्र मा काठाण्डु अभागी बन्यो। उसले अक्सनमा ए ग्रेडका दुई खेलाडी भीम सार्की र साहब आलमलाई लक्की ड्र मार्फत समान १५ लाखमा पाएको थियो ।
भीम नेपालका ओडीआई ब्याटर हुन् । उनले टी–२० आईमा स्थान बनाउन सकेका छैनन् । साहब आलम पछिल्लो समय नेपाली टोलीमा पर्न संघर्ष गरेका छन् । तीव्र गतिका बलिङ अलराउण्डर राशिद खान ए ग्रेडमा पहिलो पटक बिकेका थिएनन् । तर दोस्रो चरणमा आफैंले न्यूनतम १० लाखमा किनेको थियो । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने शंकर रानलाई ( लाख ५) हजारमा किनेको थियो। दीपेश कँडेल, सुमित महर्जन र कृष्ण कार्कीलाई समान ५ लाखमा किन्यो। विवेक केसी, प्रतिक श्रेष्ठ र राजु रिजाललाई २–२ लाखमा किनेको हो ।
ब्याटिङमा भीम सार्की, शंकर राना, सुमित महर्जन, प्रतिक श्रेष्ठ र राजु रिजाल छन् । भीम र राजु नेपालबाट खेलेका खेलाडी हुन् । राजु सन् २०१९ देखि नेपालको टोलीमा छै्रनन् । सबै ब्याटर ओडीआई शैलीमा बढी जम्ने खालका छन् । घरेलु कन्डिसन अनुसार लगानी गरेको प्रशिक्षक वसन्त शाही बताउँछन् । ‘हाम्रो जुन किसिमको घरेलु कन्डिसन छ त्यस अनुसार टी(२) शैलीको खेलाडी ल्याउन नै पर्छ भन्ने पनि छैन । टेक्निकल साउण्ड भएका खेलाडीहरु चाहिन्छ ।
हामी उनीहरुलाई नै राम्रो बनाउन काम गछौं । तर ओडीआईको ट्याग दिन मिल्दैन’, शाहीले भने । भाग्यको कारण स्टार नपाएको उनी बताउँछन् । बिग नाम (स्टार खेलाडी) पाउन लकफ्याक्टर (भाग्य) हुन्छ । बिग नाममा खेलाडी किन्न सबै फ्रेन्चाइज नै जान्छन् । यस्मा हामी कतै न कतै अभागी रह्यौं, उनले भने । त्यसैमा उनले थपे, ‘अक्सनमा पाएको टोलीबाट म खुसी छु । मैले खोजेको ७५ प्रतिशत खेलाडी पाएको छु ।’करण केसी, राशिद खान र कृष्ण कार्की तीव्र गतिका बलिङ अलराउण्डर हुन अष्ट्रेलियामा घरेलु क्रिकेट खेल्ने विवेक केसीलाई पनि टोलीमा राखेको छ ।
स्पिनरमा साहब आलम र दीपेश कँडेल छन् । स्पिन आक्रामण सन्तुलित देखिएपनि तीव्र गतिको बलिङ पनि त्यति मजबुद देखिदैन। सिनियर टोलीमा करणले पछिल्लो समय मध्यम प्रदर्शन गरेका छन् । राशिद खान पुनरागमनको पर्खाईमा र कृष्ण करिअरको अन्तिम समयमा छन् । मार्कीमा करण र सिनियर टोलीमा भीम छाड्ने हो भने काठमाण्डुमा बिग स्टार छैनन् । ब्याटिङ र बलिङ दुबैमा अन्य ७ टोलीको तुलनामा कमजोर छ । तर शाही मान्न तयार छैनन ‘कुनै पनि टोली कमजोर हुँदैन ।
कागजको नामले मात्रै बलियो र कमजोर भन्ने हुँदैन । टिम राम्रो र सन्तुलित छ । यो टिमलाई काम अघि बढ्नुपर्छ’, उनले भने । त्यसैमा थपे, अव विदेशी खेलाडीको ठूलो भूमिका हुन्छ । हामी त्यसमा काम गर्छाै।’
काठमाडौं गुर्खाज :
करण केसी (मार्की), साहब आलम (१५ लाख), भीम सार्की (१५ लाख), राशिद खान (१) लाख), शंकर राना ( ९लाख ५) हजार), दीपेश कँडेल (५ लाख), सुमित महर्जन (५ लाख), कृष्ण कार्की (५ लाख), विवेक केसी (२ लाख), प्रतिक श्रेष्ठ (२ लाख) र राजु रिजाल (२ लाख) ।