• मंसिर ११ २०८१, मंगलवार

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रमाइलो बाह्य हस्तक्षेप

आश्विन १६ २०८१, बुधबार

अमेरिका राष्ट्रपतीय निर्वाचनमा बाह्य हस्तक्षेपको कुरा निकै चलिरहेको छ । बाइडन सरकारले धेरै रुसी प्रचारका संयन्त्रमाथि प्रतिबन्ध पनि लगाइसकेको छ । यो प्रतिबन्ध बाइडन सरकारका लागि राम्रो र उचित मानिएको छ । तर प्रतिपक्षी नेता तथा प्रभावशाली राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पका लागि भने असहज र नराम्रो मानिएको छ ।

प्रतिपक्षहरू रिपब्लिकन अमेरिकामा चिनियाँ हस्तक्षेप भइरहेको दाबा गररहेका छन् । यति मात्र होइन, केही चिनियाँ प्रचार संयन्त्रमाथि प्रतिबन्ध लगाउनु पर्ने कुरा पनि गरिरहेका छन् । हाम्रो छिमेकी देश भारत र त्यसको भूमिका अमेरिकी राष्ट्रपतीय निर्वाचनमा निकै निर्णायक हुने आँकलन धेरैको माझमा छ ।

ट्रम्पका प्रतिस्पर्धी भारतीय मूलकी डेमोक्र्याट नेतृ तथा राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले डेमोक्र्याटका तर्फबाट उम्मेदवारी दिनासाथ डोनाल्ड ट्रम्पको पार्टी रिपब्लकनले भारतीय जवाइँ पर्ने व्यक्ति जेड भान्सलाई उपराष्ट्रपतिको उम्मेदवारी दिलाएको छ । साथसाथै, बेलायत र अन्य देशहरूको आशीर्वाद पनि मागिरहेको राष्ट्रपतीय निर्वाचनमा स्पष्ट र सतहमै देखिइरहेको छ ।

विश्वमा अमेरिका जत्तिको शक्तिशाली देश कोही पनि छैन । तर यस्ता देशको आन्तरिक मामलामा किन यति धेरै बाह्य हस्तक्षेप ? किनकि अबको विश्व अन्तरनिर्भर हुँदै गएको छ ।

यसरी बाहिरी देशहरूको नजानिदो तर अपरिहार्य भूमिाकाले अमेरिकी राजनीतिक वृत्तमा तिनले लिने राजनीतिक तथा कुटनीतिक दृष्टिकोणमा विभाजन ल्याएको छ । अन्तर्राष्ट्रिय अन्तरविरोधको मामलालाई लिएर डेमोक्र्याट र रिपब्लिकनका बिचमा मतभेद छ ।

अमेरिकाको आजको अन्तरविरोध के ?’ भन्ने सवालमा बाइडनको डेमोक्र्याट पार्टी पुरानै वा समाजवादी रूसकालिन अन्तरविरोधलाई नै प्रधान अन्तरविरोधको मान्यता दिइराखेको देखिन्छ । तर ट्रम्पको रिपब्लिकन पार्टी भने यो अन्तरविरोध पुरानो भइसकेको र यसको औचित्य नरहेको निष्कर्षमा पुगिसकेको छ ।

अबको अन्तरविरोध भनेको चीन र अमेरिका बिचको अन्तरविरोध हो भन्नेमा छ । रिपब्लिकन ‘नेटो’ र ‘वार्सा’को अन्तरविरोध समाजवाद रसिया भएको बेलामा थियोे, अहिले होइन भनिरहेको छ । अहिले चीनसँग व्यापार तथा अन्तरिक्ष प्रतिस्पर्धामा अमेरिका चनाखो रहनुपर्छ भन्ने छ ।

तर डेमोक्र्याट नेटोसम्बद्ध राष्ट्र एक ठाउँमा आउनु पर्ने र रसिया तथा अन्य राष्ट्रका विरूद्ध जानु पर्ने अडानमा छ । यही अन्तरविरोधले अमेरिकी दृष्टकोणमा फाटो ल्याएको छ र बाह्य चलखेललाई आमन्त्रण गरिरहेको छ ।

वर्तमान राष्ट्रपतीय निर्वाचनका बेलामा रूस, चीन, भारत र अन्य देशको चर्को बहस अमेरिकामा देखा पर्नु यसैको उपज हो । हाल विश्वमा कम्युनिष्ट समाजवादी धुरी र पुँजवादी धुरी छैन । चिनियाँ समाजवाद  कम्युनिष्ट समाजवाद होइन भन्नेमा ट्रम्प विश्वस्त देखिन्छन् ।

त्यसैले चीनसँग वैचारिक होइन, व्यापार र अन्तरीक्ष युद्धमा होमिन चाहन्छन्, ट्रम्प । उता अर्कोतर बाइडन तथा उनका डेमोक्र्याट पङ्क्ति भने रूस तथा अमेरिक अन्तरविरोध नै प्रधान रहेको सोचमा देखिन्छ । चीनसँग नरम देखिन्छ ।