• मंसिर ११ २०८१, मंगलवार

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले क्यानडासँग खेल्दै

आश्विन १५ २०८१, मंगलवार

१५ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ सिटीमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । १२४ रनको लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा ८८९५ को अवस्थाबाट १०९ रनमा अल आउट भएको थियो । तीव्र गतिका बलर कलिम सानाले ४ र स्पिनर साद बिन जाफरले ३ विकेट लिएका थिए ।

पछिल्लो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । उक्त खेलमा गुल्सन मल्लले १७ बलमा ४० रनको इनिङ खेलेका थिए । गुल्सनलाई कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले साथ दिन आवश्यक छ । ओपनर आसिफ शेख र अनिल साहले पाएको सुरुवातलाई ठूलो इनिङमा बदल्न आवश्यक देखिन्छ । नेपालका स्पिनर सन्दीप लामिछाने प्रमुख बलर हुन् ।

उनलाई दीपेन्द्र र कुशलले साथ दिनेछन् । नेपाल र क्यानडाबीच टी–२० आईमा दुई खेल भएको छ । दुबै टोली १–१ जित हात पारेका छन् । त्रिकोणात्मक सिरिजअघि भएको लिग–२ मा भने नेपाल क्यानडासँग दुबै खेलमा पराजित भएको थियो । त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले बुधबार ओमानसँग खेल्नेछ ।